नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिंदै संसद अबरुद्ध

27 May, 2018 19:15 | प्रदेश , प्रदेश २ | comments | 61200 Views

प्रदेश नं. २ सरकारलाई समर्थन गरेकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले समर्थन फिर्ता लिएर संसद अबरुद्ध गरेसंगै बजेट अधिवेशन प्रभावित हुने देखिएको छ ।

संघीय समाजवादी फोरम र राजपा नेपालको बहुमतमा रहेको प्रदेश नं. २ सरकारलाई समर्थन गरेको तत्कालीन नेकपा एमाले र माओवादी गठबन्धनले पार्टी एककतापछि समर्थन फिर्ता लिंदै संसद अवरुद्ध पारेको छ ।

adsads

सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारण खुलाउँदै तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनको आरोप लगाउनुभयो ।

त्यस्तै तत्कालीन माओवादी संसदीय दलका नेतासमेत नेकपाका सांसद रामचन्द्र मण्डलले पनि सरकारको कामकारबाही सन्तोषजनक नभएको बताउनुभयो ।

दुबैले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध गरे पनि सभामुखले यसबारे प्रश्न उठाउन नपाउने भन्दै रुलिङ गर्नुभएको थियो ।

नेकपाका सांसदहरुले अवरोध कायमै राखेपछि प्रदेशसभाको बैठक एक घन्टाका लागि स्थगित भएको थियो ।

नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।

जेठ १३ देखि प्रदेश नं २ को बजेट अधिवेशन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More