नेतृत्वको राजीनामाले समस्याको समाधान दिँदैनः महामन्त्री कोइराला

13 December, 2017 20:45 | राजनीति | comments | 71400 Views

नेपाली कांग्रेस भित्र नेतृत्वको सर्वत्र आलोचना भइरहेको बेला  कांग्रेस महामन्त्री डा शशांक कोइरालाले नेतृत्वको राजीनामा समस्याको समाधान नहुँने बताएका छन् । बुधबार गैँडाकोटस्थित आफ्नै निवासमा कुराकानी गर्दै कोइरालाले अहिलेको अवस्थामा खण्डित होइन एकीकृत हुनुपर्ने बताएका हुन् ।

केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने पनि उनले बताए । उनले भने, ‘नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौं, त्रुटि हेरौं त्यसपछि मात्रै कुरा आउँछ ।

निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए । अब कांग्रेसले के गर्छ भन्ने जिज्ञाशामा उनले भने, ‘केन्द्रीय समितिमा छलफल हुन्छ । संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ । परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो ।‘ उनले भने, ‘क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिन्छ त्यसमा ध्यान दिनुपर्छ ।‘

महामन्त्री कोइरालाले आउँदा दिनमा संगठनलाई सुदृढ गर्दै विधानमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए ।

हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले भने, ‘हाम्रो गठबन्धन कमजोर भएका कारण हार बेहोर्नु परेको छ ।‘

महामन्त्री कोइरालाले अघि भने, ‘कांग्रेस समाप्त भएको छैन । गुटको अन्त्य गरेर सच्चिने काँग्रेसका लागि अन्तिम मौका हो ।‘

अहिले कांग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै कोइरालाले ७० वर्षको इतिहास बोकेको कांग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेको बताए । उनले भने, ‘भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आई को जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन् ।‘

भारत र चीन दुवै देशसँगको सम्बन्ध वीपी कोइरालाले स्थापित गरेको भन्दै उहाँले आगामी दिनमा कांग्रेसले दुवै देश सँगको सम्बन्ध अरू सुमधुर बनाउने बताए ।

यो पनि पढ्नुहोस्

डा.शशांक कोइरालाको दाबी कांग्रेसको नेतृत्वमा मात्र राजनीतिक सङ्कट सामाधन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!