नेपाल नेपाल

  • नेपाल
  • नेपाल
  • नेपाल
  • नेपाल
  • नेपाल
  • नेपाल

नेदरल्यान्ड्सद्वारा नेपाल सामू जितको लागि १९० रनको लक्ष्य प्रस्तुत

17 March, 2018 19:54 | खेल | comments | 85350 Views

नेपाल

आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्ले अफमा नेदरल्यान्ड्सले नेपाललाई  १९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्वावेस्थित क्वेक्वे स्पोर्ट्स क्लबमाटस जितेर पहिले ब्याटिंग गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनायो ।

adsads
उसको लागि बास डे लीडेले ३९ रन बनाए भने म्याक्स ओ डोउडले २८ रन जोडे । त्यस्तै रे भ्यान डर मेर्वी र स्कट इडवार्ड्सले समान २५-२५ रन बनाई आउट भए भने पिटर सिलर २३ रन जोडे भने शेन स्न्याटर २३ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए । यसैगरी शक्ति गौचनले १ विकेट चट्काए ।

बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाली टिम आत्मविश्वासी छ। बिहीबार नै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो।

एक महिनाको बीचमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ हुँदै एकदिवसीय मान्यता पाएको नेपाल विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्को खुसी थप्न चाहन्छ। डब्लुसिएल च्याम्पियनसिप जित्दै १३ देश सहभागी हुने एकदिवसीय प्रतिस्पर्धामा स्थान बनाएको नेदरल्यान्ड्सको लक्ष्य सुपर ६ थियो। सुपर ६ मा पुग्न असफल नेदरल्यान्ड्सका लागि सातौं स्थान पनि महत्वपूर्ण छ। त्यसलै नेदरल्यान्ड्सका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठाको लडाइँ हुने पक्का छ।

पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालको बलिङ उत्कृष्ट थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ४–४ विकेट लिएपछि पपुवा न्युगनी २७.२ ओभरमा १ सय १४ रनमै सेमिटिएको थियो।लगातार तीन खेलमा पराजित भएपछि पछिल्ला २ खेलमा जित निकालेको नेपालको ब्याटिङ मध्यक्रमले सम्हालेको छ। ओपनिङ सधैंझैं खराब रहेको नेपालका समस्या एकै स्तरको ब्याटिङ गर्न नसक्नु हो।

नेदरल्यान्ड्सले पनि प्रतियोगितामा राम्रो ब्याटिङ गर्न सकेको छैन। प्रतियोगितामा नेदरल्यान्ड्सले एक पटक मात्र १ सय ८० रन कटाएको छ। हङकङ विरुद्धको खेलमा पनि नेदरल्यान्ड्स १४५/३ बाट १ सय ७४ मै अलआउट भएको थियो। यद्यपी नेदरल्यान्ड्सको बलिङ राम्रो छ। उसले हङकङ विरुद्धको खेल उत्कृष्ट बलिङले नै जितेको थियो।

सातौं स्थानका लागि नेपाल-नेदरल्यान्ड्सको भिडन्त आज

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More