नेपालको आज निर्णायक दिन: जिते विश्वकप छनोटमा, हारे डिभिजन-२ मै

14 February, 2018 12:15 | खेल | comments | 76800 Views

नेपाल नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत आज अन्तिम चरणको निर्णायक खेल खेल्दै छ । अन्तिम चरणको खेल अगाडिसम्म पनि कुन टिम डिभिजन-२ मा रहने र कुन टिमले विश्वकप छनोटमा स्थान बनाउने भन्ने तय नहुँदा प्रतियोगिता रोेमाञ्चक मोडमा पुगेको छ ।

प्रतियोगितामा नेपालसँगै क्यानडा, युएई र नामिबियाको विश्वकप छनोटमा सम्भावना कायमै छ भने ओमान र केन्या डिभिजन–३ मा घटुवा भइसकेका छन् । प्रतियोगितामा नेपाल र क्यानडा भिड्दा अर्को खेलमा नामिवियाले युएइको सामना गर्नै छ । युएइको चार अंक भएपनि जितेको खण्डमा उसले रनरेटमा नेपाललाई पछि पार्ने पक्का छ । जसका कारण नेपाल हारेमा युएइ शिर्ष दुइमा रहने छ । नामिविया जितेमा ८ अंक बनाउँदै शिर्ष दुईमा पर्ने छ ।

नेपालको खराव रनरेटका कारण क्यानडालाई जितेमात्र विश्वकप छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि प्रतियोगितामा जितको विकल्प छैन्। पहिलो दुई खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रतियोगितामा तीन वटै टिमले समान ३-३ खेलमा जित हात पार्दा १-१ खेलमा हार बेहोरेका थिए । जसका कारण ३ टिमको ६ अंक रहेको छ भने २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ। नेपाल र क्यानडाबीच आज वन्डरर्स मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ। जहाँ नेपालको अपेक्षा टस जितेर फिल्डीङ गर्ने हुने छ । किनकी नेपालको ब्याटिङ चल्न नसक्दा बलरहरुको भर हुने भएकाले पहिले बलिङको मनस्थीतीमा नेपाल रहेको छ।

बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिंदै विपक्षीमाथी दबाब बढाएकाले पनि नेपाल क्यानडालाई दबाबमा राख्ने ध्याउनमा हुने छ। सन्दिप १४ विकेटका साथ शिर्षमा रहँदा अर्का बलर सोमपाल कामी ९ विकेट लिंदै चौंथो नम्बरमा छन् । जसले गर्दा नेपालको बलिङ विपक्षीहरुका लागि टाउको दुखाई बन्दै आएको छ ।

ब्याटिङमा क्यानडा अब्बल

ब्याटिङ लाइनअपमा भने क्यानडाले निकै राम्रो प्रदर्शन गर्दै आएको छ । क्यानडाले हरेक टिम विरुद्ध उच्च स्कोर बनाउँदै आएको छ । बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष दुई खेलाडीमा क्यानडाकै खेलाडी भएकाले नेपाली बलरहरुलाई पनि सहज भने हुने छैन् । नेपाल भने कप्तान पारस खड्काको भरमा हुने छ । अलराउन्डर प्रदर्शन गर्दै आएका खड्काले ४ खेलमा १ सय २९ रन बनाएका छन्। जुन निकै दयनिय स्कोर हो। पारस बाहेक नेपालका अन्य ब्याट्सम्यानले ४ खेलमा सय रन कटाउन सकेका छैनन्।

२०१५ पछि क्यानडा र नेपालबीच प्रतियोगिता भएको छैन् । त्यसअघि भएका २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन-२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो । त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाल १२ रनले पराजित भएको थियो ।

समग्रमा नेपालका लागि क्यानडा विरुद्धको खेल प्रतियोगिताकै कठिन खेलका रुपमा रहने छ। तुलनात्मक रुपमा बलियो क्यानडाले सुरुवातबाटनै शिर्ष स्थान कब्जा गरेकाले नेपाल विरुद्ध सोहि आत्माविश्वास देखाउँदै विश्वकप छनोटमा स्थान बनाउने ध्याउनमा रहँदा नेपाल भने हरेक खेलमा भाग्यमानी रहँदै आएकाले झिनो अन्तरको जित फेरीपनि नेपालको अपेक्षा रहने छ । नेपालले हरेक टिमविरुद्ध संघर्षपुर्ण जित निकाल्दै भाग्यमानी रहँदै आएको छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ : नेपालको कसिलो बलिङ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जलविरे झरना

फेसबुक

जलविरे झरना

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!