नेपालको चुनाव रोक्न बेलायतको संसदमा प्रस्ताव दर्ता ?

21 April, 2017 17:48 | राजनीति

british-parliament-copy

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन मधेशमा हुन नसक्ने भन्दै बेलायतको संसदमा त्यहाँका एक सांसदले चुनाव रोक्न नेपाल सरकालाई आग्रह गर्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएपछि राजनीतिक वृत्तमा अनेक टिप्पणी हुन थालेका छन् ।

नेपालमा जातीयता र धार्मिक विभेद खडा गर्न युरोपेली मुलुकबाट ठूलो धनराशी खर्च भैरहेको आरोपकाबीच बेलायती सांसद एन् क्लाउडीले संविधान संशोधनपछि मात्रै स्थानीय चुनाव गर्नुपर्ने भन्दै ब्रिटिस संसदमा प्रस्ताव दर्ता गराएकी छन् ।

त्यति मात्र हैन उनले उनले फागुन २३ गते सप्तरीमा प्रहरी गोलीले पाँचजना मारिएकोा विषयको छानबिन समेत गर्नुपर्ने बताउँदै पहिले संविधान संशोधनबाट राजनीतिक निकास दिइनुपर्ने, त्यसपछि मात्र चुनावमा जान नेपाल सरकारलाई आग्रह गर्नुपर्ने प्रस्ताव गरेकी हुन् ।

क्लाउडीले नेपालमा स्थानीय निर्वाचनअघि संविधानमा संशोधन नभए तराई क्षेत्रमा अल्पसंख्यक मधेसीहरु सीमान्तकृत भइनै रहनेछन्, मधेश जनसंख्या ३३ प्रतिशतको अनुपातमा रहे पनि उनीहरु सरकारी सुविधा र अवसरहरुमा १२ प्रतिशत स्थानमात्र ओगट्दछन् तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग गरी भइरहेको मानव अधिकार हनन जस्ता क्रियाकलापका कारण भन्दै बेलायतको संसद नेपालको चिन्तित रहेको समेत बताएकी छिन् ।

त्यसो त क्लाउडीले नेपालमा दुई दशकपछि स्थानीय चुनाव हुन गइरहेको हुनाले लोकतन्त्र बलियो बनाउन र स्थायित्व दिन त्यसले सहयोग गर्ने भए पनि त्यसभन्दा अघि नै राजनीतिक असन्तुष्टिहरुको समाधान खोज्न र नेपाल सरकारलाई हिंसाका घटनाहरुको छानबिन गर्न आग्रह गरेकी छन् ।

यति मात्र हैनन उनको प्रस्तावमा बेलायत सरकारलाई नेपालको सुरक्षा अंगलाई दिइने कुनै पनि अनुदान र सहयोग राशि दिनुअघि उनीहरुको कार्य अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुकुल भए नभएकोबारे ध्यान दिनुपर्ने उल्लेख छ ।

एक महिनाअघि बेलायत गएका दीपेन्द्र झा लगायत अधिकारकर्मीले क्लाउडीलगायत सांसदलाई भेट्दै नेपालमा मधेश आन्दोलन चलिरहँदा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग हुँदा मानव अधिकार हनन भएको विषय उठाइदिन आग्रह गरेपछि उनले सो प्रस्ताव दर्ता गराएकी हुन् ।

ads
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More