नेपालको न्यायालयमा कति छ राजनीति?

11 January, 2018 13:53 | बिचार | comments | 144000 Views

-लोकनाथ अधिकारी

लेखको मूख्य उदेश्य शिक्षा र स्वास्थ्य राज्यको दायित्व र नागरिकको मौलिक हक हो । जुन कार्यान्वयन होस्।

adsads

भूमिका
डा. गोविन्द केसीको अनसन र गिरफ्तारीसँगै नयाँ मोड आएको छ । गरीब, किसान, मज़दूर र उत्पीड़नमा परेकाहरूको न्यायालयमा किन पँहुच रहेन त नेपालमा ? खिलराज रेग्मी किन राष्ट्रप्रमुख भएनेपालको न्यायालयमा कति छ राजनीति?  शुशिला कार्कीको हुन् ?  यी कुराहरूमा सत्य र आवश्यक कुरा बताउने आँट कसैले गरेनन्, किन ?  यही विषयमा यो लेख केन्द्रित छ ।

पार्टीलाई भर्याङ बनाएर पद हत्याउने र

त्यही पदले लातमार्नेहरू देश विदेशभरि भए ।

अहिलेका प्रन्या त गोटी मात्रै हुन् । शेरबहादुर देउवाले चाहेको २ मिनेटमै यिनी त्यो पदबाट सन्यासीमा पुग्नेछन् । किनकि उनी काँग्रेसको फेरो समातेर मात्रै त्यो ठाँउमा पुग्नेछन् ।
३ केही मुख्य विन्दूहरू:

शुशिला कार्की कांग्रेसकी नेतृ थिईन तर देउवाकै समर्थनमा किन प्रचण्डले हटाउन चाहे ?

उनका श्रीमान एक जमानाका होनहार कमाण्डर थिए । उनकै नेतृत्वमा नेपालमा हवार्इ जहाज अपहरण भएको थियो । तिनको राजनीतिक कमिसार शुशिल कोर्इराला थिए । त्यो जहाजको सबै पैसा नेपाली कांग्रेसले पायो पछि ।

गिरिजाबाबुले बोलाएर खाऊँ नानी तिमी भनेर शुशिलालाई न्यायधिस बनाएका थिए । गिरिजाबाबु थोरै मान्छेलाई मात्रै तपाँई भन्थे ।

राजावादीहरूले नि गर्न नदिएका धेरै राज्यविरोधी राजनीतिक मुद्दाहरूमा अदालतले २०४६ पछि किन लाहाछाप लाएको थियो ?

अपराधी करार गरिएका माओवादी नेता ढुंगेललाई किन केही दिन अघि मात्रै गिरफ़्तार गरियो? गिरिजाबाबु बाँचुन्जेल किन उनी जोगिए त ?

मुख्यकुरा बृहत् शान्ति सम्झौता राज्य र विद्रोहीको बीचमा भएको थियो । त्यो न्यायालयले किन नमानेको? कि न्यायालय राज्यभन्दा माथि वा जनता भन्दा माथि हो ?

राज्यभन्दा माथि न्यायालय हो भने ठिकै छ होईन भने के को बकबक ?

पहिला देश, जनता र त्यसपछि राज्यका अंगहरू आउनेहुन् । राज्य नि भएन, राष्ट्र नि रहेन भने के को न्यायालय?

न्यायपालिकाको पुनर्सन्तुलन र नयाँ संरचना गर्न नदिने को हो ? तर, अहिले तिनीहरू नै केसीको समर्थनमा किन, लाज लाग्दैन ? कि नैतिकतावीहिन चरम व्यक्तिवादी कुण्ठाले मात्रै काम गर्छ ?

खिलराज रेग्मी भारतीयहरूको लबिमा सफल भए र उनी कार्यकारी बने, यो बेला अरू धेरै नेपालका राजनीतिज्ञहरू भारतीय गोटी बने। इतिहासमा भारतीय भनेर नेतृत्वबाट फ्याँकिएका बाबुरामलाई भूकम्प पछिको प्राधिकरणको नेतृत्वमा पनि विश्वास गरिएन किन ? उनको

सट्टा खिलराजलाई ल्याईयो । यतिसम्म गिर्नुको कारण के हो ?

अबको बाटो

जीवन र राज्य महत्वपूर्ण कुरा हुन् । आफ्नो जीवनलाई जत्तिकै राज्यलाई माया गर्नु पर्छ । र मूलतस् राज्य जनताको हुनु पर्छ । समायोजनकारी राज्य हुनु पर्छ । राज्यले नै गुण्डागर्दी गर्नु हुँदैन ।

सबैलाई सँधै नराम्रो र अराजक भनेर हुँदैन । आखिर समाज रहेसम्म सत्य र न्यायसँग झुठ र व्यक्तिकेन्द्रित अराजकताका विरूद्द लडाँई भइनै रहन्छ । गुट भनेको पनि यँहीबाट सुरू हुन्छ । नेपालको न्यायलयले शुषिलाई स्वतन्त्र देख्छ तर सपनामल्ल प्रधानलाई एमाले देख्छ किन रु अहिले केसीको समर्थन गर्नु सबै उनी मात्रै सही भनिएको होईन । विचार राखेकै आधारमा कुनै नागरिकलाई अपराधी क़रार गर्न पाईँदैन र हुँदैन भन्न खोजिएको हो ।

उनले सुरूमा मनमोहन कलेजका विरूद्द अनशन बसे । सँधै अनशन बस्ने र निर्णय क्रार्यान्वयन नहुने यो नेपालको पुरानो दशा हो । तर के नेपालमा त्यो कलेजमात्रै समस्या हो त होईन । २०४६ पछि शिक्षा र स्वास्थ्यमा खुला व्यापार र माफियाहरूको जालो बिच्छाईयो त्यहाँ हो समस्या । भन्नलाई जे पनि भन्ने कर व्यवहारमा असल नहुने नेपाली राजनेताहरूले अब चाँही सही बाटो पहिल्याउन् । र, शेरबहादुर र प्रचण्डले गरेको शुशिलाको निर्णय किन रहेछ अहिले मान्छेले बुझ्दै होलान् । पार्टीलाई भर्याङ बनाएर पद हत्याउने र त्यही पदले लातमार्नेहरू देश विदेशभरि भए ।

डा. केसी जे भए पनि उनी एक नेपालका गौरव हुन् । 

विचार राखेकै आधारमा जेल जाने व्यवस्था लोकतन्त्र वा

कथित गणतन्त्र हुन सक्दैन । जुन नामर्दहरूले यो कल्पना गरेका छन् तिनीहरूलाई नेपाल देशले सराप्ने छ ।

केसीलाई ससम्माम रिहाईसँगै शिक्षा र स्वास्थ्यका माफियाहरूलाई जेल चलान गर्नुपर्छ । होईन भने क्षणिक समस्याको समाधान भए पनि यसले दीर्घकालीन हल दिनेवाला छैन ।

गोपाल पराजुली हुन त कतिजना बिहे गरे त्यो विकसित देशमा खासै लेखाजोखा हुँदैन तर हाम्रोजस्तो भूराजनीतिक र साँस्कृतिकरूपमा पिछडिएको मूलुकमा यी कुराहरूमा पनि ध्यान दिने कि ?

श्रीमान् गोपाल पराजुली,
श्रीमती चार, नागरिकता दुई, एसएलसी फेल, एनसेललाई अर्बौंको दायित्व छुट गराउन सफल, मेडिकल माफियाका संरक्षक १२ मुद्दामा चलखेल, चुडामणी लुइँटेल बिगोभन्दा धेरै कम धरौटीमा रिहा, यति कर्तुतका बाबजुत सर्वोच्च अदालतको प्रधान न्यायाधीश, यति कुरा जगजाहेर भएपछि मान भयो कि अपमान, श्रीमान् ४ गोपाल पराजुली ?

अब कुनै दिन यी अन्धा जजहरूले जाँड र पैसाका आधारमा हाम्रो देश कुनै अमूक देशमा गाभियोस् भनेर फैसला दिनेछन्, अनि के गर्ने ? रूने? होईन, सचेत प्रतिरोध गर्ने । धिक्कार कुहेका न्यायमूर्तिज्यूहरू हो। तिम्रो त्यो कुहेको नीतिशास्त्र, बेसरम तिम्रो राज्य, सक्छौ राम्रो गर, सक्दैनौँ यो तिमीहरूको भद्दा मजाक नदेखाऊ । अल द जुडिसिएरी र्रयासकल मस्ट वि हयाङड अरे, कतिसम्म बेवकुफ हामी, अनि चरम व्यक्तिवादी र गुटवादी तर, राम्रो करार गरिएका कथित युवापुस्ताका केही अवसरवादी युवाहरू दीप प्रज्जवलन गर्नेछन् शान्तिवाटिकामा जीतको नाममा केसीको विरूद्दमा ।

दुखी आत्माहरू, जाे अरूलाई भर्याङमात्रै बनाउँछन् । हाम्रा वरिपरी पनि त्यस्ता राईसकिलर्सहरू हुनेछन् जो सत्ता र भत्ताका लागि बा आमालाई समेत बेच्न र आफ्ना साथीको घाँटी रेट्न लागिरेछन् । तिनीहरू कहिल्यै सत्य बोल्न सक्दैनन् ।

गरीबहरूका दिन कहिले आउने रु संस्थापन या कुनै नाममा अरू सचेत युवाहरूलाई कहिलेसम्म अराजक, व्यक्तिवादी र पापी देखाईरहने ? डा. केसी जे भए पनि उनी एक नेपालका गौरव हुन् । यहाँ धेरै बूर्जुवा शिक्षाको घमण्ड पाल्ने पापी आत्माहरू छन् । ती सबैको सचेत भण्डाफोर गरिनुपर्छ । विचार राखेकै आधारमा जेल जाने व्यवस्था लोकतन्त्र वा कथित गणतन्त्र हुन सक्दैन । जुन नामर्दहरूले यो कल्पना गरेका छन् तिनीहरूलाई नेपाल देशले सराप्ने छ । हाम्रा छोरा नातिहरूको पालामा समेत देश लुटिरहने हो ? हिजो हामीले न्यायालयलाई पूनर्संरचना गरौँभन्दा हुन्न भन्ने सोल्टीहरू कता ?

जानकारीका लागि
परिसूचि १
अन्तरराष्ट्रिय, युवासञ्जालको, अपील हेर्नुहोस
डाक्टर केसीको बिनासर्त रिहाई होस्।

परिसूचि २
गोविन्द केसी नेपालको गौरव हो ।
संसारमा संयुक्त राष्ट्रसंघ त असफल भयो, हेग अन्तरराष्ट्रिय रूपमा कायर छ । थोडा नेपालमा मात्रै के को बकबक हो?
नेपालको इतिहासमा स्वतन्त्र न्यायालय कहिल्यै थियो र थिएन ।

(लेखक जापानमा “राज्यका नीतिनिर्माण र विविधताको समायोजन”विषयमा विद्यावारिधी गर्दैछन्।)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More