नेपालको पर्यटन प्रवद्र्धन गर्न बेल्जियममा अभियान

23 March, 2017 16:42 | प्रबास | comments | 7800 Views

बेल्जियम

नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गर्नुभयो ।

ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवद्र्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा युरोपेली पर्यटक भित्र्याउन मद्दत पुग्ने विचार व्यक्त गर्दै यस्ता कार्यमा दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त पोस्टर राजदूतबाट विभिन्न व्यक्तित्वको सवारीसाधनमा टाँसेर उद्घाटन गरिएको सो कार्यक्रमको समन्वय बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि शिवकुमार बरुवाल तथा रवीन्द्रमान श्रेष्ठले गर्नुभएको थियो ।

सो कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ तथा बेल्जियमस्थित नेपाली सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बेल्जियममा पर्यटन प्रबर्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More