नेपालको राम्रो सुरुवात,ज्ञानेन्द्रको अर्धशतक

6 December, 2017 16:38 | खेल | comments | 154050 Views

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत युएई विरुद्धको पहिलो खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गर्दा कप्तान पारस खड्का र सरद भेषवाकर १५ र २० रन बनाएर क्रिजमा छन् ।

adsads
३० ओभरको समाप्तीमा नेपाल दुई विकेट गुमाएर १ सय ८ रन बनाएर खेलिरहेको छ।

ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्रले २३औं ओभरमा ५० रन पूरा गरेका थिए। ७७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरेर अर्धशतक प्रहार गरेका थिए। ज्ञानेन्द्र ५४ रन बनाएर आउट भए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे।

यसअघि ओपनिङमा आएका दिलीप नाथ १६ रन बनाएर आउट भएका थिए। ३९ बल खेलेका उनले बाउन्ड्री प्रहार गर्न सकेनन्। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।

युएईविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More