नेपालको लगातार दोस्रो जित

12 December, 2017 17:49 | खेल | comments | 61200 Views

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा मंगलबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो। टस जितेर पहिलो ब्याटिङ रोजेको हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर भेटायो।

नेपालका तृप्तराज दासले सर्वाधिक २७ रन जोडे। त्यस्तै, राजन मगरले १७ तथा सुनिल भण्डारी र विशाल विक्रम केसीले समान ११-११ रन जोडे। बलिङमा हङकङका नर्सुला रानाले ३ विकेट लिए।

त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै जोड्न सक्यो। हङकङका आर्यन शरद शेट्टीले २४ रन तथा कालहन मार्क चल्लुले १६ र आरुष भागवतले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका प्रतिश जिसीले ३ तथा अजय कुमार लुनियाले २ विकेट लिए। यस्तै निखिल कुमार सिंह र नारायण जोशीले समान १-१ विकेट हात पारे। जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेल खेलेको नेपालले दुवैमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थान उक्लिएको हो। ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान छ।

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट : नेपाल र थाइल्याण्डले अंक बाँडे

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युगान्डा

फेसबुक

युगान्डा

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!