नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

  • नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित
  • नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

18 December, 2017 18:36 | कर्पोरेट/पर्यटन | comments | 21300 Views

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

एक सातादेखि नेपालगञ्जमा हिउँदे मौसम शुरु भएसंगै बाक्लो हुस्सु लाग्न शुरु गरेपछि डोल्पालगायतका पश्चिम क्षेत्रका हवाई उडान अनियमित भएका छन् ।

नेपालगञ्ज विमानस्थलमा बाग्लो हुस्सुका कारण अँध्यारो हुने भएकाले नेपालगञ्जदेखि उडान हुने बाजुरा, जुम्ला, हुम्ला, मुगु र डोल्पामा पहिलेको तुलनामा नियमित उडान घटेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

एकसाताअघिसम्म तारा, सम्मिट, मकालुलगायतका सबै एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए, आजभोलि एयरलाइन्सहरुले उडान घटाएका छन् नागरिक उड्डयन प्राधिकरण जुफाल विमानस्थलका प्रमुख श्रीकृष्ण रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुफाल विमानस्थलमा बिहानको समयमा मात्र उडान हुने र दिउँसो हावा बढ्ने भएकाले उडान नहुने भएकाले नेपालगञ्जमा बिहानको समयमा मौसममा खराबी आइदिनाले सबै एयरलाइन्सले भर्ने उडान घटेको हो ।”

नेपालगञ्जको मौसममा सुधार भएपछि मात्र दिनमा एकदेखि दुईवटा मात्र उडान हुने र कहिलेकाहीँ एउटा पनि उडान नहुने उहाँले जानकारी दिनुभयो ।

हिउँदे मौसम शुरु भएदेखि अन्त्य नहुन्जेलसम्म पश्चिमका उडान अनियमित भइरहने भएकाले पुसदेखि फागुन महिनासम्मको तीन महिनाको अवधिमा विभिन्न गन्तव्यमा पुग्न हवाई यात्रा गर्नुपर्ने यात्रुलाई सास्ती हुने गरेको उहाँले बताउनुभयो ।

आजभोलि कहिलेकाहीँ मात्र उडान हुने भएकाले जुफाल विमानस्थलमा दिन प्रतिदिन यात्रुको चाप बढ्दै गएको उहाँले बताउनुभयो ।

डोल्पा, जुम्ला, हुम्लालगायतका जिल्लामा हिमपातसँगै चिसो बढ्ने भएकाले यतिखेर कर्णालीका सबै विमानस्थलमा जाडो छल्न तराई झर्ने सर्वसाधारणको चाप बढ्ने गर्छ ।

उडान अनियमित भएपछि बिरामी, विद्यार्थी मर्कामा परेका छन् भने कतिपय सर्वसाधारण हप्तौ जहाज कुरेर पनि हवाई टिकट पाउने सम्भावना कम देखेपछि जोखिम मोल्दै पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न बाध्य भएका छन् ।

चितवन जाने यात्रुलाई समस्या, हवाई उडान समेत प्रभावित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More