नेपालद्धारा सिंगापुर ४ विकेटले पराजित
यू-१९ विश्वकप छनोट क्रिकेटमा घरेलु टोली सिंगापुर विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितमा जित हासिल गर्न सफल भएको छ । आज भएको खेलमा नेपाल सामू ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको सिंगापुर माथी नेपालले ४ विकेटको जित निकाल्दै प्रतियोगतामा विजयी सुरुवात गरेको हो ।
सामान्य लक्ष्य पछ्याएको नेपालको पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन् । ओपनर सन्दिप सुनुवार १ तथा आसिफ शेख ४ रनमानै पेविलियन फर्किएपछि छोटो लक्ष्यमा पनि नेपालललाई संकट देखिएको थियो । यद्धपि प्रनित थापाले २३ र अनिल साहले १९ रन बनाएपछि नेपालले जितको आधार तयार गरेको थियो । यद्धपि नेपालले आफ्नो विकेट पतनलाई जोगाउन नसक्दा संघर्षपुर्ण जित निकाल्न पुगेको थियो ।
नेपालका लागि थप दोहोरो रनका रुपमा रोहित कुमार ११ रन रह्यो । निर्धारित लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो । त्यसअघि बलरहरुले कसिलो बलिङ गरेपछि नेपाल सिंगापुर विरुद्ध हावि भयो । नेपाल कप्तान सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट लिएपछि सिंगापुर स्तबध्य रह्यो ।
सिंगापुर क्रिकेट क्लब, पादाङमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर ४ रन थियो ।
नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए । एक समय २६ रनको अवस्थामा ७ विकेट गमुाएको सिंगापुरलाई ब्रिगुको ६ चौका र १ छक्का सँगै बनाएको ४२ रनले ठुलो राहत दिएको थियो।
आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।
दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए । नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । त्यस्तै शाहब आलमले २ र महतोले २ विकेट लिए ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- साढे ३३ किलो सुनकाण्ड : पूर्व डिआइजी निरौला पक्राउ
- पुलिस माइभ्याली गोल्डकपको क्वाटरफाइनलमा
- हैदराबादलाई हराउदै चेन्नई आइपिएलको शीर्ष स्थानमा
- पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति
- सार्वजनिक यातायातबाट १२ बालकको उद्धार
- ध्रुवे फेरी मात्तियो : भत्कायो पाँच घर
- सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना सार्वजनिक
- डुङ्गा पल्टिएर चीनमा सत्रको मृत्यु
- छिमेकीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ– प्रम ओली
- अशोक अर्यालको नयाँ गीत “यो जुनीलाई” सार्बजनिक (भिडियो)
- मेरिल्याण्डमा सामूहिक “ईही” पूजा समारोह सम्पन्न
- लेनिन दिवसमा प्रचण्डको घोषणा- पार्टी एकताका आधार तयार भैसक्यो
- क्यासिनोहरुबाट एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी
- झुमी झुमी गर्ल गायिकाको नयाँ गीत ‘ब्युटिफुल गर्ल’(भिडियो सहित)
- काबुलमा आत्मघाती आक्रमणमा ३१ मृत्यु ५४ घाइते
- विश्वका सवै भन्दा जेष्ठ जापानी नागरिक ताजिमाको निधन
- रानीपोखरीमा साढे दुई करोड व्यर्थ खर्च, भ्रष्टाचार हो कि हैन ? (भिडियो)
- सांसदको परिवारसहित आठ व्यक्तिको मृत्यु
- भाकपा मार्क्सवादीको महासचिवमा पुन यचुरी
- सार्वजनिक सवारीमा हड्ताल गरे रुट पर्मिट तत्काल खारेज
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


