नेपालमा २३ वर्ष यताकै आर्थिक उच्च वृद्धिदर : विश्व बैंक

12 May, 2017 09:05 | अर्थ | comments | 10650 Views

आर्थिक उच्च वृद्धिदर

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०१७ मा ७.५ प्रतिशतले (बजार मूल्यमा) वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले विहिबार सार्वजनिक गरेको प्रतिवेदमा मनसुनी वर्षाका कारण कृषि उत्पादकत्वमा वृद्धि, विद्युत आपूर्तिमा वृद्धि र भूकम्पपछिको पुनःनिर्माणमा लगानी वृद्धि भएका कारण २३ वर्षयताकै आर्थिक वृद्धिदर बढ्ने भएको हो ।

विश्व वैंकको प्रतिवेदनअनुसार सन् १९९४ पछि सन् २०१७ मा नेपालमा ७.५ प्रतिशतले आर्थिक वृद्धि हुने भएको हो । सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०१६ मा १४ वर्षयताकै न्यून शून्य दशमलव ४ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।

विश्व बैंकले गतवर्ष नेपालमा भारतको आर्थिक नाकाबन्दीका कारण आर्थिक वृद्धिमा ठूलो असर पुगेको जनाएको छ । नेपालमा यस वर्ष धान उत्पादन ५.२ मिलियन मेट्रिक टन बराबर पुग्ने आँकलन गरिएको छ । गत वर्ष भने धान उत्पादन ४.२ मिलियन मेट्रिक टन मात्र भएको थियो । यातायात तथा नाकाबन्दीपूर्वको अवस्थामा फर्कनाका साथै पर्यटन क्षेत्रमा पनि व्यापक सुधार आएर पनि निर्यातको अवस्थामा उल्लेखनीय सुधार आउन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

२५ बर्षयताकै आर्थिक वृद्धिदर उच्चः अर्थमन्त्रीको प्रशंसा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More