रोबोट रोबोट

  • रोबोट
  • रोबोट

नेपालमै खुल्यो रोबोर्टले सर्भिस दिने रेष्टुरेन्ट

18 November, 2017 10:59 | सूचना/प्रविधि | comments | 44700 Views

रोबोट मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेन्टहरुमा तपाई पुगिसक्नुभएको होला ।

तर रोबोटलाई अर्डर दिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने नेपाली रेष्टुरेन्टमा सायदै पुग्न पाउनुभएको होला ।यदी पुग्नुभएको छैन भने अब नेपालमै यस्तो रेष्टुरेन्टको अनुभव गर्न पाउनुहुनेछ । किनभने नेपालमा पहिलो पटक रोबोटले सर्भिस दिने रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको छ ।

राजधानीको खबर अनुसार २१ औँ शदाब्तीमा विज्ञानले उल्लेखनीय अविष्कारहरु गरी मानव जीवनलाई धेरै सहज, छिटो र छरितो बनाउदै गएको अवस्थामा नेपालको राजधानी काठमाण्डौँको मुटु मानिने न्यूरोडमा रोबोटले सर्भिस दिने रेष्टुरेन्ट खुल्न लागेको हो । केकेएफसी नाम उक्त रेष्टुरेन्टको औपचारिक उद्घाट्न अगामी शुक्रबार हुनेछ । विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किने लक्ष्य राखिएको छ ।

साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको राजधानीमा खबर छ । अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट संचालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो । ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नया अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका हौं साहले भने, औपचारिक ओपनिङ पिपुस् प्लाजा न्यूरोडमा मंसिर ८ गते गर्नेछौं ।

नागरिकता पाउने पहिलो रोबोट ‘सोफिया’सम्मेलनको वक्ता : हेर्नुहोस् भिडियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More