Sunday 26, March 2017
नेपाली समय: 01:03:58
जापानी समय: 04:18:58

नेपालमै रोजगारीको सृजना गर्न एनआरएनहरुलाई गभर्नर नेपालको आग्रह

19 March, 2017

राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाल

रामचन्द्र नेपाल ,गैर आवासीय नेपाली संघको एसिया प्यासाफिक भेलामा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी  नेपालले नेपालमै रोजगारीको सृजना गर्न एनआरएनहरुलाई आग्रह गर्नु भएको छ ।

नेपालमा थुप्रै अवसरहरु रहेको उल्लेख गर्दे उहाँले बैंकले थुप्रै क्षेत्रमा छुटाएको पैसा समेत त्यसै रहेको तर रोजगारी खोज्न विदेशिने क्रम नरोकिएको बताउनुभयो ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदुत निरन्जनमान सि वस्न्यातले श्रमिकको हित हुने कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघका सल्लाहकार शंकर वहादुर पौडेलको सभापत्विमा भएको कार्यक्रममा एनआरएनका महासचिव डा वद्रि केसि , प्रेम पाण्डे,धरम केसि, सुदिप काकिर्, भुषण घिमिरे भवानी शंकर तिवारी,भुमा लिम्वु, गणेश अधिकारी सुदन थापा,राजु शर्मा,विपिन उलंगे,सुन्दर आले, सपना वस्याल लगायतकाले आफना विचारहरु राखेका थिए ।कार्यक्रम पश्चात नेपाली दुतावासले रात्री भोजको आयोजना गरेको छ ।

कार्यक्रम विधिवत रुपमा आज चल्ने छ । आजको कार्यक्रमको लागि  परराष्ट्र मन्त्री प्रकाश शरण महत मलेसिया आईसकेका छन । कार्यक्रममा एनआरएनका विभिन्न देशहरुले गरेका गतिविधि, नेपाली श्रमिकका समस्या तथा समाधानका उपाय, नेपालमा लगानीको संभावनाहरुका विविध विषयमा कार्यपत्रहरु प्रस्तुत हुने भएका छन ।

भेलामा सहभागि हुन प्रन्ध देशका करीव २सय जनाको सहभागिता रहेका छन । अधिकाश सहभागिहरु मलेसिया आइसकेका छन् ।यसैगरी गैर आवासिय नेपाली संघको आयोजनामा आजै फुटशल प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न देशहरुको सहभागिता रहेको खेलमा मलेसियालाई हराउदै मकाउ पहिलो भएको छ ।

Loading...
ads ads adsadsads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo