नेपाललाई उसु खेलाडी निमाले दिलाईन पहिलो स्वर्ण

8 February, 2016 15:01 | खेल | comments | 306150 Views

भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकूदको चौथो दिनन नेपालले पहिलो स्वर्णपदक हात पारेको छ । १६ बर्षीय नीमा घर्तीमगरले नेपाललाई पहिलो स्वर्ण दिलाएकी छिन् । उनले उसुको थाउलो अन्तर्गत् नान्ताओउतर्फ अलराउन्डमा स्वर्ण जितेकी हुन् । यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्यसहित ११ भएको छ ।

nima

आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ कुल १६.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण जितेकी हुन् । ललितपुरको डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकोमा आफूलाई एकदमै गर्व लागेको बताइन् ।

उनले यो पदक गुरु, स्कुलका शिक्षक, अभिभावक र सम्पूर्ण नेपालीप्रति समर्पण गर्ने बताइन् । उनले भनिन्, ‘एसएलसी नजिक आइरहँदा पनि मलाई मेरो अभिभावक र स्कुलले खेल खेल्ने वातावरण बनाइदिए, अनि गुरुले सँधै प्रशिक्षण र प्रेरणा दिनुभयो जसले मलाई यो पदक दिलायो ।’

त्यस्तै उसुको पुरुष तर्फ युवराज थापाले रजत पदक जितेका छन् । उनी भारतका खेलाडीसंग ०.७ अंकले पछि पर्दै रजतमा चित्त बुझाउन वाध्य भए । उनले पहिलो चरणमा ८.८८ र सोमबार (आज)भएको दोश्रो चरणको खेलमा ९.२१ सहित कुल १८.१३ अंक प्राप्त गर्दै रजत पदक दिलाएका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More