नेपालले दियो युएईलाई २२२ रनको लक्ष्य, शरदको अविजित ८१ रन

6 December, 2017 18:24 | खेल | comments | 82050 Views

शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतकमा नेपालले युएइललाई २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ  २ सय २१ रन बनायो ।

adsads

आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा  ६ विकेटको क्षतिमा  २ सय २१ रन जोड्यो।  नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरे।

यस्तै बसन्त रेग्मीले नटआउट १४ रन जोडे। बसन्तले १५ बलको सामना गर्दा बाउन्ड्री प्रहार गरेनन्। ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथ १६ रन जोडे।

कप्तान पारस खड्का र सोमपाल कामीले २०-२० रनको योगदान गरे। पारसले आउट हुनुअघि ३६ बलमा ४ चौका प्रहार गरे। सोमपालले १९ बलको सामना गर्दा ३ चौका हिर्काए। आरिफ शेख शून्य रनमा रनआउटको सिकार बन्दा विनोद भन्डारी ४ रनमा कट एन्ड बोल्डको सिकार भए ।

नेपालको राम्रो सुरुवात,ज्ञानेन्द्रको अर्धशतक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हराउँदै मौलिक नेपाली गीत

फेसबुक

हराउँदै मौलिक नेपाली गीत

ट्वीटर

सामाजिक सञ्जाल

More