नेपालीलाई तोकिएभन्दा बढी समय काममा लगाउने दुई जापानी पक्राउ

16 February, 2017 20:40 | जापान | comments | 7500 Views

japan-ma-worker

जापानको श्रम कानुन विपरीत तोकिएभन्दा धेरै समय काममा लगाएको आरोपमा दुईजना जापानी नागरिक पक्राउ परेका छन । उनीहरुले जापान सरकारको नियम उल्लंघन गर्दै नेपाली महिलाहरुलाई काममा लगाएका थिए ।

समाचार अनुसार जापान प्रहरीले नागोया शहरमा नेपालीहरुलाई तोकिएको समयभन्दा वढी काममा लगाएको आरोपमा बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा साकि ईसाको र माचुओका ताएआकिरा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ दुवैलाई (हाकेन) जापानमा काम लगाउने कम्पनी संचालन गरी स्थानीय खाना प्याकिङग कम्पनीमा तोकिएको समयभन्दा बढी काममा लगाएको आरोप लगाइएको छ । जापानमा डिपेण्डेन्ट र विद्यार्थी भिसामा रहेका विदेशीहरुलाई सातामा २८ घण्टा भन्दा बढी काम गर्न अनुमति छैन ।

तोकिएभन्दा बढी काम गर्ने चिनीया र भियतनामी पक्राउ (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More