‘नेपालीहरुलाई फापेकाे देश जापान’

19 March, 2017 12:58 | जापान , बिचार | comments | 48000 Views

Satish_Bhattrai-सतिश भट्टराई

सूर्योदयको देश जापान हाल आएर नेपाली विद्यार्थी लगाएत नेपालीहरु बीचमा बिशेष रुचाहिने देशमा पर्दै आएको छ।

अध्ययनको शिलशिलामा जाने अनि उतै स्थापित भएर बस्ने नेपालीहरुको संख्या उल्लेखनीय छ। नेपाली विद्यार्थीको सम्बन्धको कुरा गर्दा सन् १९०२ मा पहिलो पटक आठजना विद्यार्थीहरुको आवागमनबाट सुरु भएको जापान अध्ययनको सिलसिला अहिले सम्म आउदा २५ हजार भन्दा बढी नेपाली विद्यार्थीहरु जापानमा अध्ययन गर्दै गरेको पाहिएको छ। त्यसैगरि झण्डै ६५ हजारको हाराहारीमा नेपालीहरु जापानमा रहदै आएका छन्।

२०१७ को तथ्याड़क अनुसार बस्नको लागि सर्वाेत्कृष्ट देशहरुको सुची मध्ये जापान ४ नम्बरमा परेको छ। त्यसैले पनि होला नेपालीहरु बीचमा पनि उत्कृष्ट साबित हुदै आएको छ।

नेपाल छदा पढाई अनि गराईमा कमजोर मानिस पनि जापान आएर ज्ञान, सीप अनि लगन आर्जन गरेर स्थापित भएको धेरै देख्न पार्इन्छ। 

१२ पास गर्ने अधिकांस जापानिज भाषा अध्ययनको सिलसिलामा जापान प्रवेश गर्ने अनि आफ्नो अध्ययन अधि बढाउदै कमाउने चलनले तिब्र रुप लिएको छ।

भनिन्छ जन्मदै कसैले जान्नेको हुदैन अनि मान्छेको योग्यता शारीरिक वृद्धिसंगै वृद्धि हुने गर्छ। त्यसको ज्वलन्त उदाहरण जापान आएका नेपालीहरुबाट लिन सकिन्छ। नेपाल छदा पढाई अनि गराईमा कमजोर मानिस पनि जापान आएर ज्ञान, सीप अनि लगन आर्जन गरेर स्थापित भएको धेरै देख्न पार्इन्छ। यसको लागि तपाई हामीले हाम्रो घर वरिपरि मात्र नजर लगाउने हो भने सजिलै थाहा पाउन सक्छौ।

तपाई अचानक बिरामी पर्नु भयो वा अस्पताल जानु पर्यो भने तपाइले  ११९ नम्बर डायल गरि सितैमा एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। कुनै आतंक, हडताल, हो- हाला, लफडा होला भन्नु पर्दैन।

नेपालीको हकमा हेर्ने हो भने विद्यार्थी भिषा, कुक भिषा, विवाहित भिषा, व्यापार भिषा, प्रशिक्षण भिषा, पर्यटक भिषा, कूटनीतिक भिषा आदि भिषामा जापान आउने गरेको देखीएको छ। त्यसमा पनि विद्यार्थी भिषा हाल आएर सहज अनि विशेष रुचिमा पर्दै गएको छ। त्यो पर्नुमा देशमा भएको बेरोजगारीलाई लिन सकिन्छ। १२ पास गर्ने अधिकांस मानिसहरु जापानिज भाषा अध्ययनको सिलसिलामा जापान प्रवेश गर्ने अनि आफ्नो अध्ययन अधि बढाउदै कमाउने चलनले तिब्र रुप लिएको छ।

अझ विबाहित पुरुष अनि महिलाको लागि विशेष मानिने गरिन्छ। सर्वप्रथम एक जना जान्ने अनि उता चाजो माजो मिलाएर श्रीमान वा श्रीमती ल्याउने परिपार्टी तिब्र छ। एक जनाले पढेर अर्कोले कमाउन पनि मिल्ने अनि श्रीमान श्रीमती पनि संगै बस्न पाउने हुदा वा परिवार नै संगै बस्न पाउने हुदा जापान रुचिमा पर्ने गरेको छ। अनि विद्यार्थीलाई आफ्नो अध्ययन सके पछि त अवसरको खानी नै खानी भएको देश रहेको छ जापान।

जापानमा ६ महिना भन्दा बढीको भिषा लिएर आएको कुनै पनि नेपालीको जापानको राष्ट्रिय स्वास्थ्य बीमा हुन्छ जसले गर्दा हामी जस्तालाई ठुलो राहत मिल्ने गर्छ। राष्ट्रिय स्वास्थ्य बीमाको अनुरुप उमेर ले निर्धारण गर्ने गर्छ  जस्तै १-५ वर्ष सम्मको लागि ८० % छुट , ५-६९ बर्ष सम्म को लागि ७० % छुट अनि ७० बर्ष भन्दा माथिको लागि ९० % छुट हुने गर्छ। 

त्यसैले कुनैपनि मानिसलाई जापानमा उपचार गर्न सुलभ पर्न जान्छ। जापानमा जनसंख्याको कमीले गर्दा झन् गर्भवती महिलालाई विशेष छुट हुने गर्छ। प्रसुती पुरा सम्पन गर्दासम्म त्यो महिलाले लगभग अस्पताललाई १० देखि २० हजारसम्म मात्र  तिर्न पर्ने हुन्छ । यो जापानको कमाई अनुसारले सारै थोरै खर्च रकम हुन जान्छ। अनि जन्मेको बच्चाको नाममा जापान सरकारबाट महिना महिनामा पैसा आउने गर्छ। अनि कामदारको लागि पनि विशेष पेन्सनको सुविधा गरेको हुन्छ जसले गर्दा उनीहरुको बुढेसकालमा साधारण खर्च मज्जासंग बिताउन सजिलो हुन्छ। यस्तो सुविधाले गर्दा पनि नेपालीहरुको आकर्षण बढ्दै गएको पाईएको छ। 

जनता सम्यम भए देशको उद्धार अनि विकास हुन्छ भने भाव बोकेका नागरिकले गर्दा जापानवासी विदेशी लगायत नेपालीमा पनि राम्रो छाप परेकोले जापानलाई बस्न उत्कृष्ट देश मान्न सक्छौ।

जापान उत्कृष्ट सुचीमा पर्नुको प्रमुख कारण जन, धन अनि जीवनको सुरक्षालाई लिन सकिन्छ। तपाई आफ्नो घर खुला साँचो नलगाईकन जहा पनि जाँन सक्नु हुन्छ।  दिन, महिना, बर्ष तपाइको घर चोरी होला भन्नु पर्दैन। अर्को नागरिक सुरक्षा पनि प्रमुख कारणमा पर्ने गर्छ। तपाई आनन्दसंग कुनै डर रहित रातीभरी पनि बाटोमा हिड्न वा काम गर्न् सक्नु हुनेछ । एउटा श्रीमान आफ्नो श्रीमती कामबाट राती  १/२ बजेसम्म नफर्केर आउदासम्म पनि ढुक्कले सुत्न सक्छन्।  संसारमा यस्तो आनन्द र सुरक्षा कुनै देशमा छैन होला । प्रहरी, प्रशासन र पुलिस जनताको साथी जस्ता हुन्छन।  कुनै अफ्ट्यारो गारो ,सारो परेमा प्रहरीले नजिक को साथी भन्दा पनि बढी गरि आफ्नो गन्तव्यसम्म पुराउछन्। तपाई अचानक बिरामी पर्नु भयो वा अस्पताल जानु पर्यो भने तपाइले  ११९ नम्बर डायल गरि सितैमा एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ। कुनै आतंक, हर्ताल, हो- हाला, लफडा होला भन्नु पर्दैन। खाना, पानी , हावा स्वच्छ हुने गर्छ। कामलाई सम्मान गर्ने जापानिजहरु कामलाई मन्दिर अनि ग्राहकलाई भगवान मान्ने गर्छन।  यहाँ कुनै पनि काम ठुलो सानो हुदैन र सबैको साधारण जिबन हुने हुदा नेपाली हरुको विशेष रुचिमा पर्दै आएको छ।   

सुरक्षा सवालमा जापान सरकारको कडाईका कारण हेलच्क्राई र अवैध काम गरेको आरोपमा अहिले दिनहु नेपालीहरू प्रहरी हिरासतमा पर्ने गरेका छन। ठूलठूला देखि ससाना सामाजिक अपराधमा नेपाली संलग्नता भोलीको जापानमा नेपालीको भविश्य छोटिदै गएको अनुमान गर्न सकिन्छ।

यता कता नेपालीहरुमा भाषाको समस्या परे पनि १/२ बर्ष जापान बसे पछि बोलिचालीको भाषा नेपालीहरुले सहजै जान्ने हुदा अनि हाल आएर जापानको प्रमुक शहरहरुमा अंग्रेजी टेम्पलेट अनि नेपाली टेम्पलेट पनि पाउने हुदा सहज बन्दै गएको छ। तपाइको कुनै पनि समान हराएमा १/२ दिनमा आफ्नै घरको ठेगानामा फर्केर आउछ वा पुलिसले तपाइलाई फोन गरेर तपाइको हराएको सामान लिन आउनुस भनेर फोन गर्ने गर्छ। जनता सम्यम भए देशको उद्धार अनि विकास हुन्छ भने भाव बोकेका नागरिकले गर्दा जापानवासी विदेशी लगायत नेपालीमा पनि राम्रो छाप परेको हुदा हामीले जापानलाई एक नेपाली हरुलाई बस्न उत्कृष्ट देश मान्न सक्छौ।

‘बढदो सुरक्षा चिन्ता-नेपालीलाई समस्या’

जापानमा तमाम व्यवस्ताका बावजुत केही समययता सुरक्षा व्यवस्तामा अपनाएको सुरक्षा कडाईका कारण नेपालीहरूले सास्ति झेल्न सुरू भएको छ।

कारण पनि आफै समाधान पनि आफै भने पनि सुरक्षा सवालमा जापान सरकारको कडाईका कारण हेलच्क्राई र अवैध काम गरेको आरोपमा अहिले दिनहु नेपालीहरू प्रहरी हिरासतमा पर्ने गरेका छन। ठूलठूला देखि ससाना सामाजिक अपराधमा नेपाली संलग्नता भोलीको जापानमा नेपालीको भविश्य छोटिदै गएको अनुमान गर्न सकिन्छ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले विवादमा परेका जोकोहीलाई देश निकाला गर्ने दिएको निर्देशनका कारण सजगता नअपनाई जापानमा भोलीका दिनमा समस्या सुरू हुदैछ। आजका मितिसम्म भएका छिटपुटका घटनाले भोलीका दिनमा पुर्याउने असरलाई नकेलाउने हो भने सुरक्षित मुलुकमा हाम्रो समय लामो छैन भनेर आकलन गर्न सकिन्छ।

यत्तिको सुरक्षित मुलुकमा लामो समय वस्न चाहने हो भने हरेक नेपाली आजैका दिनबाट सजग हुनु, गैरकानुनी कामबाट टाढा बस्नुको विकल्प छैन।

(हाल: टोकियो जापान)

याे पनि हेर्नुहाेस : जापानमा सबैभन्दा प्यारो साथी चुरोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More