प्रदेश नं ७ को बैठक प्रदेश नं ७ को बैठक

  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक
  • प्रदेश नं ७ को बैठक

नेपाली काँग्रेसको विरोधपछि प्रदेश नं ७ को प्रदेशसभा बैठक स्थगित

21 July, 2018 00:20 | प्रदेश , प्रदेश ७ | comments | 28800 Views

प्रदेश नं ७ को बैठक

प्रदेश नं ७ प्रदेशसभाको शुक्रबारको बैठक प्रतिपक्षी नेपाली काँग्रेसका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी सदस्यले उठेर विरोध जनाएपछि सभामुखले पटक पटक बस्न गरे पनि नमानेपछि यही साउन ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्ने गरी आजको बैठक स्थगन भयो ।

adsads

बैठकमा गाउँसभा तथा नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भएपछि तयार पारिएको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै संविधानको मूल मर्म, भावना र विधिको शासनका आधारमा सरकारलाई हिंँडाउन विरोध गर्नुपरेको प्रतिक्रिया दिनुभयो ।

यसैबीच प्रदेश नं ७ प्रदेशसभा कांग्रेस संसदीय दलले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सरकारद्वारा प्रा डा गोविन्द केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा भोजराज अधिकारीप्रति गरिएको व्यवहार तथा केही स्थान निषेधित क्षेत्र घोषणा गरेका जस्ता कामको विरोध गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ७ को बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More