प्रधानमन्त्री प्रधानमन्त्री

  • प्रधानमन्त्री
  • प्रधानमन्त्री

नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने छः प्रम

26 November, 2017 09:47 | प्रदेश/प्रतिनिधिसभा निर्वाचन | comments | 35250 Views

प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस देशको पहिलो पार्टी हुने बताउनुभएका छ ।

रैनादेवी गाँउपालिका–५ कटौजेपानीमा काँग्रेसको आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले २००७ सालको राजनीतिक परिवर्तनदेखि मुलुकमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिबाट संघीय लोकतान्त्रिक संविधानको निमार्णजस्ता कार्यको नेतृत्व काँग्रेसले गरेको बताउँदै अबका दिनमा संविधान कार्यान्वयनका लागि र नेपाली जनतालाई समृद्ध बनाउन काँग्रेसको नेतृत्वविना सम्भव नभएको जिकिर गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाल्पामा प्राविधिक विश्वविद्यालयको स्थापना र बुटवल पाल्पाको सडकको स्तरोन्नति तथा समग्र जिल्लाको विकासका लागि काँगे्रसको नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार हरिप्रसाद नेपाल, काँग्रेसका जिल्ला सभापति तथा समानुपातिक उम्मेदवार वीरबहादुर रानालगायतले शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

‘वाम तालमेल नभइ दाम तालमेल, नेपाली कांग्रेस म्युजियममा’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

फेसबुक

एमाले र माओवादीबीच पार्टी एकता हुने खतरा बढ्यो त हँ !

ट्वीटर

सामाजिक सञ्जाल

More