नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड

  • नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड
  • नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिवेशन सम्पन्न

22 April, 2017 10:16 | प्रबास | comments | 24450 Views

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डतिलक थापा, स्विजरल्याण्ड – नेपाली जनसम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिवेशन सफल सम्पन्न भएकोछ। १६ अप्रिल २०१७( तदनुसार बैशाख ३ गते २०७४) गते स्विजरल्याण्डको राजधानी बर्न शहरमा भएको थियो।

समितिका अध्यक्ष राम कुमार महतोको सभापतित्वमा महामन्त्री तिलक थापाले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, सभापति लगायत अतिथिहरु संगै संयुक्त दीप प्रज्वलन गरेर जन सम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिवेशन शुरु गरिएको थियो।

नेपाली काङ्ग्रेसले आफ्नो स्थापना देखि प्रतिपादन गरेको राष्ट्रियता,लोकतन्त्र र समाजवादका आदर्श, मुल्य र मान्यताका आधारमा न्यायपूर्ण,गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाको लागि देखाएको प्रतिबद्धता र यस पार्टीका नेता तथा कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं हिंसात्मक द्वन्द्वको बेलामा समेत पार्टी सिद्धान्त र मुलुकमा स्थायी शान्तिको निमित्त जीवन उत्सर्ग गर्ने सहिद साथीहरूको सहादतलाई सम्मान गर्दै एक मिनेट मौनधारण गरिएको थियो। नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डका उपाध्यक्ष श्याम कृष्ण सापकोटाले स्वागत मन्तव्य गर्नु भएको थियो।

नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट केन्द्रिय प्रतिनिधिका रुपमा प्रमुख अतिथि नेपाली जन सम्पर्क समिति बेल्जियमका सस्थापक अध्यक्ष ध्रुव राज पौडेल उपस्थित हुनु भएको थियो। पौडेलले शुभकामना मन्तव्य राख्दै विदेशमा नेपालीहरुको कुनै किसिमको कार्यक्रममा अभिभावकको रुपमा राजदुतावासबाट पनि प्रतिनिधित्व हुनु पर्ने बताउनु भएको थियो। विभिन्न देशहरूमा स्थापित नेपाली जन सम्पर्क समितिहरुले केन्द्रिय पार्टीको लागि सकिने सहयोग गरिनु पर्ने पनि बताउनुभयो।

नेपाली जन सम्पर्क समिति युरोप समन्वय समिति सहमहामन्त्री एवं स्विजरल्याण्डका निवर्तमान अध्यक्ष गुणराज शर्माले आफ्नो कार्यकालमा भएको अनुभव र समितिको लागि निरन्तर योगदान सहयोग रहिरहने बताउनु भयो। शर्मा चौथो अधिबेशनको लागि निर्वाचन समिति संयोजक हुनु हुन्थ्यो।

सर्वसम्मतिबाट श्याम कृष्ण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध गठन गरिएको थियो। कार्यसमितिमा उपाध्यक्ष प्रकाश पौडेल, महामन्त्री तिलक थापा, सहमहामन्त्री सरोज घिमिरे, कोषाध्यक्ष बिरु गुरुङ्ग र सदस्यहरूमा कात्यायनी न्यौपाने, रेशम खत्री, बिजय बाबु शर्मा र दिपेन्द्र रावत निर्वाचित भएका छन। समितिको संरक्षकमा निवर्तमान अध्यक्ष राम कुमार महतो र प्रबक्तामा समितिबाट बिजय बाबु शर्मालाई चयन गरिएको छ।

अधिवेशनमा नेपाली जनसम्पर्क समिती स्पेनका सस्थापक अध्यक्ष चिन्तामणी सापकोटा,नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिस्ठ सल्लाहकार हरि पौडेल, गैरआवासीय नेपाली संघ स्विजरल्याण्डका अध्यक्ष हिरा बल गुरुङ ,नेपाली प्रबासी मञ्चका अध्यक्ष सञ्जय मुड्भरी,नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष श्याम घले, नेपाल पत्रकार महासङ्घका संस्थाका अध्यक्ष डडी सापकोटा, गैरआवासीय संघ स्विजरल्याण्डका निवर्तमान अध्यक्ष धर्म गुरुङ्ग र बेर्न समाज स्विजरल्याण्डका अध्यक्ष बिष्णु प्रसाद थापाले शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा चौथो अधिवेशनबाट निर्वाचित समिति घोषणा गर्नु भन्दा अघि समितिका महामन्त्री तिलक थापाले प्रगति प्रतिबेदन पढेर र समितिमा मुनाफा रहेको आर्थिक बजेट सुनाउनु भएको थियो। आगामी कार्यकालको लागि नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदै, नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिवेशनलाई सफल सम्पन्न गराउन उपस्थित हुनु हुने प्रतिनिधि प्रमुख अतिथि, विभिन्न संघ संस्था  अतिथिहरु,हल ब्यवस्थापन गर्नु हुने समितिका सदस्य नारायण कंडेल गायत सम्पुर्ण स्वीसबासीहरुलाई नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डलाई धन्यवाद दिंदै चौथो अधिवेशनका सभापति राम कुमार महतोले कार्यक्रम समापन गर्नु भएको थियो।

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्ड द्वारा हार्दिक धन्यवाद

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More