नेपाली विज्ञापनमा विदेशी अनुहार निषेध

21 July, 2018 16:47 | कला/मनोरन्जन | comments | 12150 Views
फाईल तस्विर

नेपालका टेलिभिजनमा आउने तथा होर्डिङ बोर्डका रूपमा टाँगिने विदेशी अनुहारका विज्ञापनले नेपालमा विदेशीहरूको लोकप्रियता बढ्ने र उनीहरूको नक्कल गर्ने क्रममा विदेशी संस्कार हावी हुने निष्कर्षसहित सरकारले क्लिन फिल्ड नीति लागू गरीसकेको छ । यस कारण अब नेपालका टेलिभिजन तथा चलचित्र हलमा बज्ने कुनै पनि विज्ञापन तथा होर्डीङ बोर्डहरुमा बिदेशी अनुहारलाई देखाउन नपाईने भएको छ ।

adsads

सञ्चार तथा सूचना प्रबिधिमन्त्रि गोकुलप्रसाद बास्कोटाले अब नेपाली टेलिभिजन तथा चलचित्र हलमा देखाइने उत्पादनको विज्ञापनमा स्वदेशी कलाकार हुनुपर्ने र विज्ञापनमा विदेशी कलाकार भएमा विज्ञापनलाई प्रदर्शन तथा प्रसारणमा रोक लगाउने पनि  बताए ।

‘अझ महेन्द्र राजमार्गभन्दा तलका सहर तथा सडक किनारमा राखिएका ठूला होर्डिङ बोर्डमा विदेशी कलाकारका मात्र ठूलठूला तस्बिर हुने गरेका छन्’ मन्त्री बस्कोटाले भने, ‘नेपालमा गरिने यस्ता विज्ञापनमा विदेशीहरूको हस्तक्षेप अब हामीलाई सह्य हुँदैन । अब यस्ता महँगा टेलिभिजन विज्ञापन र होर्डिङ बोर्डमा हाम्रै कलाकार, हाम्रो भेशभुषा र संस्कृति रहनेछ ।’

अब विदेशी उत्पादनको यस्ता विज्ञापनयुक्त होर्डिङ बोर्डमा नेपाली कलाकार, सेलिब्रेटी तथा नेपाली नागरिकहरूको तस्बिर मात्र देख्न पाइनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

किम जोङ हत्या

फेसबुक

किम जोङ हत्या

ट्वीटर

सामाजिक सञ्जाल

More