नेपाली विद्यार्थीविरुद्व अष्ट्रेलियाली युवतीलाई पिटेको आरोपमा मुद्दा दायर

10 January, 2017 19:39 | प्रबास | comments | 4050 Views

922660003sydney-news
सार्वजनिक स्थलमा अष्ट्रेलियाली युवतीलाई पिटेको आरोपमा नेपाली विद्यार्थीमाथि मुद्दा दायर गरिएको छ ।

नेपालबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी पुगेका नेपाली विद्यार्थी पवन श्रेष्ठलाई मदिरा पिएर युवतीमाथि कुटपिट गरेको त्यहाँको प्रहरीको आरोप छ ।

प्रहरीले श्रेष्ठको पासपोर्ट जफत गरेको छ । उनले मदिरा सेवन गरी नशाको सुरमा हातपात गरेको हुन सक्ने बयान दिँदै माफी मागेका छन् । अष्ट्रेलियाको एक टिभी च्यानल ‘सेभेन न्युज’सँग कुरा गर्दै श्रेष्ठले भने, “त्यतिबेला मैले पिएको थिएँ, म कसरी एउटी महिलालाई कुट्न सक्छु, ऊ पनि कसैको छोरी हो, कसैको श्रीमती हो । म त्यस्तो गर्न सक्दिनँ, म उनीसँग माफी माग्न चाहन्छु ।”

अर्को महिना उनलाई अदालतमा उपस्थित गराएर मुद्दा अगाडि बढाइने बताइएको छ । धरौटीमा रिहा भए पनि उनले काम गर्दै आइरहेको ‘म्याक्डोनल्ड’ कम्पनीले पनि निष्कासन गरिदिएको छ ।

टोकियोमा एक नेपाली विद्यार्थीको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More