नेपाली साहित्य विकास परिषद यूकेको अध्यक्षमा कोमल श्रेष्ठ चयन

18 May, 2018 17:23 | प्रबास | comments | 53100 Views

बेलायतको सबैभन्दा पुरानो नेपाली साहित्यिक संस्था मानिने नेपाली साहित्य विकास परिषद बेलायतले नयाँ नेतृत्व चयन गरेको छ ।  नेपाली साहित्य विकास परिषद यूकेको २३औँ साधारण सभाले आगामी २ बर्षका लागि अध्यक्षमा कोमल श्रेष्ठलाई निर्विरोध चयन गरेको हो ।

adsads

परिषदको एघारौं अधिबेशनबाट अध्यक्ष लगायत १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति वरिष्ठ सह अध्यक्षमा ध्रुब केसी, सह अध्यक्षहरुमा डा. गोपाल पौड्याल, गोकुल भण्डारी, रेशम अर्याललाई चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षहरुमा बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ, बसन्त रायक्षेत्री चयन भएका छन । महासचिवमा वीरेन्द्र कुवँर, कोषाध्यक्षमा मनोज अन्जानलाई सर्वसम्वत चयन गरेको छ ।सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ चयन भएका छन् ।

९ सदस्यीय सल्लाहकार समितिको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसाद धिताल र सल्लाहकारहरूमा परिषदका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाह, पूर्व अध्यक्षहरू हरिसिंह थापा र खगेन्द्र नेपाली, मदन थापा,दघन बहादुर थापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजु थापा र कमल भण्डारीलाई मनोनित गरिएको छ। बेलायतका लागि नेपाली राजदूत परिषदको पदेन संरक्षक रहने वैधानिक व्यवस्था छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More