श्रीया श्रीया

  • श्रीया
  • श्रीया
  • श्रीया
  • श्रीया
  • श्रीया
  • श्रीया

नेपाली सुगम गीत संगीतमा आफ्नो पहिचान बनाउदै नव गायिका श्रीया नेपाल

14 March, 2018 20:11 | कला/मनोरन्जन , कलिउड | comments | 88500 Views

श्रीया नव गायिका श्रीया नेपाल पिता सुदर्शन नेपाल र आमा सरिता नेपालको कोखबाट सिमरामा जन्मेकी हुन् ।

बिगत केहि बर्ष देखि सिमरा हुदै काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी नव गायिका श्रीया सानै उमेरबाट संगीतमा रुचि राख्ने गर्थिन l कक्षा ५ मा अध्यनरत हुँदा नै अन्तरविद्यालय गायन प्रतियोगितामा सिमराबाट इन्टर स्कुल च्याम्पियनसिपको आइडोल बन्न सफल नव गायिका श्रीया कक्षा २ पढ्दा देखिनै गीत गाउन सुरु गरि सकेकी थिइन् l

कक्षा आठमा पढ्दा पढ्दै आफ्नो पहिलो गीत रेकर्डिङ गरेर आफ्नो व्यवसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी नव गायिका श्रीया नेपाल आफ्नो विद्यालय जिवन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रमहरुमा गीत गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्ध बनाउन सफल हुने गर्थिन।

सुमधुर तथा जादुमय आवाजकी धनि नव गायिका श्रीया बिगत २/३ बर्ष देखि व्यवसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् l नव गायिका श्रीयाले करिब आधा दर्जन गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन् l नेपालमा हुने विभिन्न मेला महोत्सवमा समेत आफ्नो प्रस्तुति दिएर चर्चा बटुल्दै गरेकी गायिका मिठो आवाजको धनिसंगै एक मेहनती, सुन्दर, सरल, मिलनसार स्वभाव र एक असल व्यक्तित्वकी धनि पनि छिन् l

सम्पूर्ण घर परिवारको साथ र सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी नव गायिका श्रीया गीत संगीतलाई देवी सरस्वतीको प्रसाद ठान्छिन l उनी थप्छिन गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l गीत संगीतमा आफ्नो जादुमय आवाज भर्न सफल भएकी श्रीया अहिले अनुकुल परिस्थितिको खोजीमा छिन् l त्यसैले त उनी भन्छिन गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
श्रीया

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

ट्रंप

फेसबुक

ट्रंप

ट्वीटर

सामाजिक सञ्जाल

More