नेपाल एयरलाइन्सको टिकट अनलाइनबाट किन्न सकिने
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको हवाई टिकट आजदेखि अनलाइनबाट सुरु गरेको छ। अव निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रियस्तरमा प्रचलित भुक्तानी कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङग गर्न सक्ने छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले आजबाट अनलाइन बुकिङ्ग सेवाको सुरुवात गरेका हुन् । उनले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग पनि भएको बताउँदै त्यस तर्फ थप प्रयास आवश्यक रहेको बताए ।
हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगमले जानकारी दिएको छ ।
सो अवसरमा महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजना सहित अघि बढेको बताए । उनले आफ्ना ग्राहकहरुलाई अनलाइन बुकिङ्गमा समावेश गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे ।
भारतको वर्ड इन्फर्मेसन सिष्टम तथा थाइल्याण्डको टुसीपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएको निगमले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- फुटबलले जगाएको आशा
- कोलकातामा नेपाली नृत्य
- तीन महिनाका लागि प्रदेश दुईको सरकारले ल्यायो १ अर्ब बढी बजेट
- जापानको बढ्दो श्रमिक समस्याको विकल्प मानवयन्त्र
- सिण्डिकेट बिरुद्ध सरकारको अर्को कदम- बन्दहडताल गर्न नपाइने
- राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल नियुक्त
- केपी ओली निरंकुश बने: कोइराला
- लोकतन्त्र- सपना बेच्ने, सपनामै रमाउने र भ्रम छर्ने दन्त्यकथा होइन
- कक्षा ११ र १२ को परीक्षा मर्यादित र शान्तिपूर्ण बनाइने : परीक्षा बोर्ड
- मनमा संगीतको ढुकढुकी : नेपाली ताराले बनायो स्थापित
- बेलायतको राजपरिवारमा नयाँ सदस्यको आगमन
- फरार अभियुक्त १९ वर्षपछि पक्राउ
- ओलम्पिक तयारीबारे प्रश्न र आलोचनाको लागि जापान तयार हुनुपर्ने आइओसीको भनाइ
- भागवण्डाको चक्कर- ३१ मन्त्रालय हुँदा १२, २१ मा झर्दा १६ संसदीय समिति
- शिक्षा अधिकारीविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दर्ता
- अप्रिल २९ मा शान्ति पदयात्रा हुने
- जानकी दिवस मनाइँदै
- मनोमानी गरेको भन्दै अध्यक्षविरुद्ध उत्रियो नेविसंघको असन्तुष्ट पक्ष
- नेपालमा लगानी सम्भावनाका विषयमा नागोयामा कार्यक्रम हुने
- ज्ञानेश्वरमा खुल्यो प्रभु बैंकको नयाँ शाखा
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
नरेन्द्र रौले
रविन्द्र अधिकारी
भरत भुषाल
किशोर सुबेदी


