नेपाल टेलिकमद्वारा तीन पत्रकार पुरस्कृत नेपाल टेलिकमद्वारा तीन पत्रकार पुरस्कृत

  • नेपाल टेलिकमद्वारा तीन पत्रकार पुरस्कृत
  • नेपाल टेलिकमद्वारा तीन पत्रकार पुरस्कृत

नेपाल टेलिकमद्वारा तीन पत्रकार पुरस्कृत

13 August, 2017 22:00 | सूचना/प्रविधि | comments | 16800 Views

नेपाल टेलिकमद्वारा तीन पत्रकार पुरस्कृत

नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले तीनजना पत्रकारलाई सम्मान गरेको छ ।

टेलिकमले आइतबार एक समारोहबीच नागरिक दैनिकका संवाददाताद्वय सन्तोष न्यौपाने (काठमाडौँ) र सन्तोष पोखरेल (पोखरा) लाई जनही रु १५ हजारसहित तथा गोरखापत्र दैनिकका विश्वास रेग्मीलाई रु ३० हजार नगदसहित पुरस्कृत गरेको छ ।

पुरस्कार छनोट समितिले प्राप्त सामग्रीको तथ्यपरकता, सन्तुलन, विश्वसनीयता, विषयवस्तुको सान्दर्भिकता, भाषालगायतका आधारमा मूल्याँकन गरी समाचार सामग्री छनोट गरेको टेलिकमले जनाएको छ । सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सधैँभरि गुणगानका मात्र समाचारभन्दा पनि आलोचनात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री बस्नेतले जनताले तत्काल प्रतिफल पाउने गरी काम गर्न टेलिकमलाई निर्देश गर्नुभयो । “काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने परिपाटी बसाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा टेलिकमका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुक बाढी र पहिरोको विपत्मा परेको अवस्थामा जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई अपिल गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राज्यका निकायलाई सचेत बनाउन पत्रकारिताको आचारसंहिताभित्र रहेर आलोचनात्मक समाचार सम्प्रेण गर्न आग्रह गर्नुभयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमले चालु आर्थिक वर्ष २०७४÷७५ मा जिएसएम, सिडिएमए, इन्टरनेट सेवा, ग्राहक सेवा र सेवाको गुणस्तर सुधारलगायतका कार्य गर्ने जानकारी दिनुभयो ।

विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ । इन्टरनेट ग्राहक आधार २०७४ जेठ समान्तसम्ममा ८३ लाख ९५ हजार रहेको छ ।

नेपाल टेलिकमको फोर जी सेवा सुरु : तत्काललाई पोष्टपेडमा मात्र, माघदेखि प्रिपेडमा पनि

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More