नेपाल तामाङ समाज जापान नेपाल तामाङ समाज जापान

  • नेपाल तामाङ समाज जापान
  • नेपाल तामाङ समाज जापान
  • नेपाल तामाङ समाज जापान
  • नेपाल तामाङ समाज जापान
  • नेपाल तामाङ समाज जापान
  • नेपाल तामाङ समाज जापान

नेपाल तामाङ समाज जापानमा कुमार मोक्तान

13 December, 2017 18:39 | जापान | comments | 136800 Views

नेपाल तामाङ समाज जापान

जापानवासी तामाङहरुको साझा संस्था नेपाल तामाङ समाज, जापानको छैठौं अधिवेशनले नयाँ अध्यक्षमा कुमार मोक्तानलार्इ चयन गरेको छ ।

सिनओकुबोस्थित रोधी क्लबमा भएको महाधिवेशनले मोक्तानको अध्यक्षतामा २३ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

adsads
उपाध्यक्षमा रुबिना तामाङ, सरोज तामाङ, पुजन लामा र सिमन तामाङ रहेका छन भने महासचिवमा हिमाल लामा वाईबा, सचिवमा अभिनास तामाङ र कुन्साङ थिङ, कोषाध्यक्षमा सम्झना लामा र सह-कोषाध्यक्षमा राकेस रुम्बा सर्वसम्मत चयन भए ।

यस्तै सदस्यहरुमा तेन्जिङ योन्जन, पासाङ तामाङ, चसिला तामाङ, अनु थोकर, सजिना मोक्तान, स्मृति मोक्तान, आशिष दोङ, सुरेश मोक्तान, गिर बहादुर तामाङ, बिमल तामाङ, डिबी लामा, दिप लामा र रत्न बहादुर तामाङ चयन भएका छन ।

जापानमा रहेको तामाङहरुका साथै समग्र तामाङहरुको हितको लागि ठोस कार्यक्रम बनाएर समाज अगाडि बढने नवनिर्वाचित अध्यक्ष मोक्तानले बताए ।

त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित महासचिव हिमाल वाईबाले जापानवासी तामाङहरुको समस्याहरुलाई सम्बोधन गर्न आधिकारिक तथ्यांक संकलन गरी जस्तो किसिमको समस्या आएपनि सिघ्र समाधानको लागि समाजले पहल गर्ने बताए।

महाधिबेशनको उदघाटन सत्रको सभापतित्व निबर्तमान अध्यक्ष कर्मवाङगेल घिसिङले गरेका थिए । उदघाटन सत्रमा पूर्व अध्यक्ष सुकुमान थिङ, पूर्व महासचिव हवलचन्द्र लामा, पूर्व उपाध्यक्ष मंगल तामाङ, सल्लाहकार कुमार मोक्तान तामाङ र समाजकै किताकान्तो क्षेत्रिय समितिका अध्यक्ष कुलमान तामाङले शुभकामना मन्तब्य राखेका थिए ।

निवर्तमान सचिव हिमाल वाईबाले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष संजिब स्याङतानले स्वागत मन्तब्य राखेका थिए। नवनिर्वाचित कार्यसमितिलाई एनआरएन जापानको केन्द्रीय सदस्य समेत रहेका निर्वाचन समितिका संयोजक मेख वाईबा तामाङले सपथग्रहण गराएका थिए ।

रमेश तामाङको परिवारलाई तामाङ समाज जापानबाट आर्थिक सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाल तामाङ समाज जापान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More