नेपाल नेदरल्यान्ड्ससँग ४५ रनले पराजित

17 March, 2018 23:30 | खेल | comments | 29250 Views

आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा सीमित बनेको छ । सातौं स्थानका लागि शनिबार भएको प्लेअफ खेलमा नेपाललाई नेदरल्यान्ड्सले ४५ रनले पराजित गरेको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १ सय ४४ रनमा अलआउट भयो ।

नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३६ रन जोडे । उनले ५३ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । सन्दीप लामिछाने १४ रनमा नआउट रहे ।

नेपालको ओपनिङ सधैं झैं खराब रह्यो । ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा अर्का ओपनर अनिलकुमार साहले ८ रन मात्र जोडे । कप्तान पारस खड्का २२ रनमा पेभिलियन फर्के । उनले ३७ बलमा ३ चौका प्रहार गरे । लगत्तै आरिफ शेख ५ रन र रोहित कुमार पौडेल शून्य रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ३४ रनको योगदान गरे । उनले ४९ बलमा ३ चौका हिर्काए । शक्ति गौचन शून्य रनमा आउटत हुँदा करण केसीले २३ बलमा ३ चौकाको मद्दतमा १३ रन बटुले ।

बलिङतर्फ नेदरल्यान्ड्सका भान डेर मेर्वेले ४ विकेट लिए ।

त्यसअघि जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो ।

नेदरल्यान्ड्सका लागि बास डे लिडीले सवैभन्दा बढी ३९ रन जोडे । उनले ९१ बल खेल्दा ४ चौका प्रहार गरे। उनलाई सोमपाल कामीले विकेटकिपर अनिलकुमार साहबाट स्टम्टपिन गराए ।

यस्तै यस्तै भान डेर मेर्वे र स्कट इडवार्डलाई ललित राजवंशीले आउट गरे । दुवैले समान २५–२५ रन बटुले। यस्तै ओपनिङ ब्याट्सम्यान म्याक्स ओडोडलाई सन्दीप लामिछानले २८ रन बनाएर खेलिरहदा बोल्ड गरे ।

नेदरल्यान्ड्सका पिटर सिलरलाई शक्ति गौचनले अन्तिम ओभरमा २३ रनमा आउट गरे। सेन स्नटरले नआउट २३ रन बटुले ।

बलिङतर्फ सोमपाल कामीले ४ विकेट लिए । उनले नेदरल्यान्डका सुरुवती ३ विकेट लिएपछि नेपाल हाबी भनेको थियो। सोमपालले वेस्ले वारेसी र वेन कुपरलाई शून्य रनमा आउट गर्दा कप्तान पिटर बोरेनलाई ७ रनमा पेभिलियन फर्काए । योसँगै सोमपल ‘लिस्ट ए’ को खेलमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । सोमपालले ३९ खेलमा खेल्दै ५० विकेट पूरा गरेका हुन् ।

यस्तै सन्दीप लामिछाने र ललित राजवंशीले २–२ विकेट हात पार्दा शक्ति गौचनको नाममा १ विकेट रह्यो। यसअघिका खेलमा मौका नपाएका शक्तिले बसन्त रेग्मीको स्थानमा खेलेका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More