नेपाल फेष्टिवलको तयारी तिब्र, स्टल बुकिङग खुल्ला

11 July, 2018 23:09 | जापान | comments | 13500 Views

आगामी अगष्ट २५ र २६ तारिकमा टोकियोमा आयोजना हुन लागेको नेपाल फेष्टिवलमा सहभागिता जनाउन ईच्छुक कम्पनी तथा संघसस्थाहरुका लागि स्टल बुकिङ खुल्ला गरिएको छ।

टोकियो कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुने ११ औँ सस्करणको नेपाल फेष्टिवलका लागि व्यवसायीक कम्पनी तथा खानाका स्टल राख्न ईच्छुक कम्पनीहरुलाई आफनो स्थान सुरक्षित राख्न अपिल गरिएको छ।

adsads

फेष्टिवल मुल आयोजक समितिका संयोजक देवीलाल भण्डारीका अनुसार व्यवसायीक कम्पनी तर्फ २५ र नेपाली खानाका २० स्टलका लागि अग्रीम बुकिङग खुल्ला गरिएको जानकारी दिनुभयो। बिहिबार देखी खुल्ला गरिएको स्टाल बुकिङका लागि पहिलोपटक आवेदन दिने कम्पनी तथा रेष्टुरेन्टलाई ग्राहयता दिईने छ।

आयोजक गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोकियो ओकुबो स्थित कार्यालयमा अपरान्ह दुई बजेदेखि पाँच बजेसम्म स्टल बुकिङ गर्न सकिने एनआरएनए प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिनुभयो।

फेष्टिवल तयारी तिब्र

जापानीहरुलाई नेपाली कला, संस्कृतिको पहिचान गराउदै नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले हरेक वर्ष आयोजना हुदै आएको फेष्टिवलको प्रचारप्रसार र आवश्यक तयारी भईरहेको जनाईएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजना, नेपाली राजदूतावास टोकियोको सहयोग तथा जापानका नेपाली संघसस्थाहरुको सहभागितामा हुन लागेको यस पटकको फेष्टिवललाई पृथक बनाउन विभिन्न कार्यक्रमहरुको तयारी गरिएको बुधबार टोकियोमा आयोजिक पत्रकार सम्मेलनमा जानकारी दिईयो।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको टोकियो स्थित कार्यालय ओकुवोमा भएको पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष टासी वाङदी लामाले पार्क व्यवस्थापन सहित स्टल निमार्णका लागि निमार्ण कम्पनीहरुसंग सम्झौता गरिएको जानकारी दिनुभयो। यस्तै जापानीहरुमा आवश्यक प्रचारप्रसार, पार्क सुरक्षा तथा सरसफाई लगायतका कार्यका लागि पनि तयारी गरिएको छ।

नेपाल आईडलले फेष्टिवलमा धुम मच्चाउने
११ औँ नेपाल फेष्टिवलको मुख्य आकर्षणका रुपमा यस पटक पहिलो नेपाल आईडलका विजेताहरु समेत ह्ुने भएका छन।

जापानीहरुलाई नेपाली खाना तथा पर्यटन प्रर्वद्धनका कार्यक्रमसंगै पहिलो नेपाल आईडल बुद्धलामा, रनरअप निसान भट्टराई लगायतले सांगीतिक मनोरंजन प्रदान गर्ने छन।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

फेसबुक

टोकियो ओलम्पिक्स र प्यारालम्पिक्सको मस्कटको नाम घोषणा

ट्वीटर

सामाजिक सञ्जाल

More