नेपाल र नाइजेरियाको कृषिबाट समृद्ध बन्ने परिकल्पना

30 November, 2017 17:05 | अर्थ | comments | 97350 Views

नेपाल र नाइजेरियाका अधिकांश जनता कृषिमा आधारित भए पनि यी दुबै मुलुक खाद्यान्नमा आत्मनिर्भर छैन । यस्तोमा दुई राष्ट्रबीच एक महत्वपूर्ण सम्झौता भएको छ ।

नाइजेरियाको ओसुन राज्यको कृर्षी मन्त्रालय र नेपाल खाद्य बैंक लिमिटेडबीच हालै एक महत्वपूर्ण सम्झौता भएको छ एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

२२ नोभेम्बर, २०१७ मा भएको सम्झौतामा खाद्य सुरक्षा र कृषिको क्षेत्रबाट मानिसहरु जीवनस्तर उकास्न दुई राष्ट्रका संस्थाबीच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख छ । नाइजेरिकाको खाद्य सुरक्षा तथा कृषि मन्त्रालयमा भएको सम्झौतमा नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतामा ओसुन राष्ट्रका कमिस्नर एडेकुन्ले इगे, कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याक, मन्त्रालयका निर्देशक तेजुदेन अयान्तोए लगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौताको विशेष समारोहमा वल्र्ड इन्स्टिच्युट फर पिसका पदाधिकारीहरुको पनि सहभागिता रहेको स्टेट अफ ओसुनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

नुवाकोटमा मुख्य कार्यालय रहेको नेपाल खाद्य बैंक लिमिटेड नेपालको खाद्य सुरक्षा र कृर्षीमा विगत केही वर्षदेखि काम गरिरहेको संस्था हो । अध्यक्ष रामराजा श्रेष्ठको एक टोली उक्त सम्झौता गर्नेगरी नाइजेरिया सरकारसंग मिलेर काम गर्न एक महिना अघि नाइजेरिया प्रस्थान गरेका थिए । यस अघि नाइजेरिया तथा ओसुन सरकारका मन्त्री तथा उच्च अधिकारीहरुसंग भएको छलफल र सम्झौता अनुसार एक हजार बढी युवाहरुलाई तत्काल रोजगारी दिने गरी काम सुरु भएको श्रेष्ठले बताए ।

ओसुन राज्यमा सुरु गर्ने कृषि परियोजनाले ५ हजार बढी युवाहरुलाइ प्रोत्साहन गर्दै विभिन्न स्तरको कार्यक्रममा सहभागी गराउने बताइएको छ । ओसुन राज्यका कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याकले सम्झौता पश्चात बोल्दै नेपाल र नाइजेरियाको सहकार्यले कृर्षी तथा खाद्य्य सुरक्षा महत्वपूर्ण उपलब्धी गराउन सकिने बताए ।

सम्झौतामा हस्ताक्षर गर्दै नेपाल खाद्यय बैंकका अध्यक्ष श्रेष्ठले हजारौ युवाहरुलाई रोजगारी दिदै आधुनिक प्रविधिहरुको प्रयोगमा देश र समाज समृद्ध बनाउन काम गर्ने बताए । नाइजेरिया र नेपालबीच विभिन्न महत्वपुर्ण सहकार्य गरी कृषि, प्रविधि र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए । नेपाली उद्यमी र युवाहरुलाई यो सहकार्यमा सहभागिता र सहयोगको लागि उनले अपिल गरे ।

नाइजेरियामा नेपालको पर्यटन र संस्कृती सम्बन्धि बृत चित्र प्रदर्शन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दुर्घटना

फेसबुक

दुर्घटना

ट्वीटर

सामाजिक सञ्जाल

More