नोटले जिउ ढाकेकी महिला रेलभित्र पसेपछि…

10 September, 2017 21:31 | बिचित्र | comments | 27000 Views

नोटले जिउ ढाकेकी महिला

संसारमा मानिसहरु अनेक हर्कत गर्न रुचाउँछन् । आफुलाई चर्चामा ल्याउन मानिसहरु जस्तोसुकै हर्कत गर्नपनि पछि पर्दैनन् । यस्तै भएको छ जब एकमहिलाको पैसा पहिरन अहिले केवल आफ्नो देशमा मात्र होइन, दुनियाभर चर्चामा छिन् ।

सोसल मिडियामा यिनको पहिरनको खुब चर्चा भइरहेको छ । नहोस् पनि किन ? यिनले पूरै जिन्दगीभरलाई खर्च गर्न पुग्ने पैसा नै जिउमा भिरेकी छिन् । तर यसो गर्नुका पछाडि केही कारण छ ।

अमेरिकाको न्युयोर्क्स्थित एक मेट्रो रेलभित्र जिउमा पैसाको लुगा लगाएकी एक युवती छिरिन् । आश्चर्यको कुरा त के भने उनले जोसँग रेलभित्र भेटिन् ऊ मालामाल भयो । आफूसँग भेटिएको मानिसलाई उनले चाहिने जति पैसा आफ्नो जिउबाट च्यातेर लैजान भनिन् ।

मेट्रो रेलभित्र मात्र होइन, न्युयोर्कको सडकमै पनि उनी पैसाको पहिरन लगाएर हिँडिन् । यो काममा ती महिलाका ब्वायफ्रेण्डले पनि सघाइरहे । दुबैजनाले इश्वरबाट आफूहरुलाई नाम, दाम तथा खुसी सबै प्राप्त भएको बताउँछन् । अब पालो आयो, मानिसहरुलाई सहयोग गर्ने । त्यसैले उनीहरुले गरीब तथा पैसाको निकै खाँचो भएका मानिसहरुलाई सहयोग गर्न यस्तो अनौठो उपाय अपनाएका छन् ।

तर सोसल मिडियामा उनीहरुको यो कामप्रति कतिपयले प्रश्न उठाएका छन् । आखिर ती महिलाले मात्र किन नोटको पहिरन लगाइन् र उनको ब्वायफ्रेण्डले किन यस्तो पहिरन लगाएनन् ? नोटले जिउ ढाकेर गरीबलाई पैसा बाँड्दै हिँड्ने ती महिला वास्तवमा चर्चित मोडेल विकी सिपोलिटाकी हुन् ।

अर्जे्न्टिनी मोडेल विकीले चर्चा पाउनका लागि यसो गरेको बताइन्छ । तर सुन्दरी मोडेलले चर्चा पाउन होस या गरीब तथा खाँचो भएकाहरुलाई पैसा बाँड्न होस जे उदेश्यका लागि भएपनि केहि मानिसहरु भने रातारात मालामाल भने भएका छन् ।

आफ्नो हट दृश्य हेर्न नसकेर लाजले आफ्नै मुख छोपिन प्रियंकाले

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More