नोबेल पुरस्कार समारोहमा आणविक हतियार निषेधमा जोड

11 December, 2017 11:42 | जापान | comments | 54300 Views

हिरोशिमा आणविक बम हमलामा बाँचेकी एक महिलाले सन् १९४५ मा गरेको संघर्ष र अहिलेको सामुहिक पुरस्कारको उदेश्यलाई तुलना गर्दै आइतबारको नोबेल पुरस्कार वितरणको औपचारिक समारोहमा अभिव्यक्ति दिएकी छिन् ।

१३ वर्षको उमेरमा आणविक बम आक्रमणमा परेकी सेत्सुको थर्लो नोबेल पुरस्कार जित्न सफल आणविक हतियार निषेधका लागि अन्तराष्ट्रिय पहलकी प्रमुख सचेतक समेत हुन् ।

adsads
समारोहमा बोल्दै उनले आफुले भोगेको कठिन समयको बारेमा बताएकी थिइन् । उनी अहिले आबद्ध संस्था आइक्यान आणविक हतियार निषेध सन्धिको प्रमुख कारक हो जसले २०१७ को नोबेल शान्ति पुरस्कार पाउन सफल भएको छ ।

अहिलेको प्रमुख मुद्दा आणविक हतियार निषेध भएकाले आफुले १९४५ मा सुनेका शब्द दोहोर्याउँदै उक्त उदेश्यमा पुगेरै छाड्ने बताइन् । अहिलेसम्म उक्त सन्धिमा ५६ देशहरुले हस्ताक्षर गरेका छन् भने मात्र तीनले अनुमोदन गरेका छन् जसमा कुनै पनि आणविक हतियार सम्पन्न देश सामेल छैन् । ५० देशहरुले अनुमोदन गरेपछि मात्र उक्त सन्धि लागु हुने प्रावधान सन्धिमा रहेको छ ।

थर्लोसैगै पुरस्कार ग्रहण गरेकी आइक्यानकी कार्यकारी निर्देशक बित्रिस फिनले आणविक हतियारको प्रयोग रोक्ने एकमात्र उपाय यसको निषेधिकरण रहेको प्रतिक्रिया दिएकी छिन् ।

नेपाली कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छः जोशी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फलफूलका विरुवा वितरण

फेसबुक

फलफूलका विरुवा वितरण

ट्वीटर

सामाजिक सञ्जाल

More