नौ महिनामा ४७ टन सुन तस्करी, अर्बै रुपैयाँ अवैध बाटोबाट विदेशिंदै

26 April, 2018 16:43 | अर्थ | comments | 86850 Views

सामान्य अवस्थामा दैनिक ३० केजी सुन खपत हुन्छ तर, नेपाल राष्ट्र बैंकले दैनिक २० केजी मात्र दिन्छ । बाँकी १० केजी सुन तस्करबाट पूर्ति हुन्छ ।

adsads
यसैको लाभ उठाएर उच्च तहका मानिसहरुकै संलग्नतामा सुन तस्करी भैरहेको छ ।

सुन व्यवसायीहरु नै स्वीकार्छन् कि दैनिक १० केजी अपुग सुन तस्करबाटै किनिन्छ । त्यसैले त वितेका ९ महिनामा ४७ टन सुन अवैध तरिकाबाट नेपाल भित्रिएको छ । यसरी तस्करी गरेर सुन ल्याउँदा अरबौं रुपैयाँ पनि हुन्डीमार्फत् विदेशिएको छ ।

पछिल्लो समय सुन तस्करीका घटना एकपछि अर्को गर्दै सार्वजनिक भएपछि गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सुन काण्डबारे छानबिन गर्न समिति नै बनेको र सो समितिले हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गराउँदा सो तथ्य उजागर गरेको हो ।

समितिले प्रधानमन्त्रीलाई सुन तस्करीको अवस्था, राज्यलाई परेको नोक्सान, तस्करीमा संलग्नहरूको नामसमेत सुनाएको बताइएको छ । सुन तस्करीमा प्रहरी र भिआइपीहरूको समेत संलग्नता रहेको समितिको निष्कर्ष छ ।

समिति अहिलेसम्म ३० दर्जनभन्दा बढीसँग सोधपुछ गरिसकेको छ । घटनामा सम्लग्न २२ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकाशराज खनाल लगायतका प्रहरी नियन्त्रणमा छन् ।

एसएसपी श्याम खत्री र डिएसपी संजय राउत सम्पर्कविहीन भएका छन् । अपराध महाशाखाका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी पनि यस काण्डमा मुछिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता भुजुङ गुरुङसहित बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान सुन काण्डमा पक्राउ परेका छन् ।

फागुनको पहिलो साता दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब बनाएको भन्दै भरिया सनम शाक्यको हत्या भएको थियो । सुन गायव भएको ९ दिनपछि मोरङमा सुन भरिया शाक्यको शव भेटिएको थियो ।

सुन काण्डमै गत चैत ३० गते पक्राउ परेका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी बृतमा आत्महत्या गरेका थिए । साढे ३३ किलो प्रकरणमा सम्लग्न भनिएका उनीहरुको हत्या भएको आशंका गरिएको छ ।

सर्सर्ती हेर्दा सुन तस्करी भएर नेपालमै खपत हुने देखिए पनि यसबाट राज्यले अर्बौं रुपैयाँ गुमाइरहेको छ । तस्करीको सुनको भुक्तानी गर्न अवैध (हुण्डी)को प्रयोग हुने गर्दछ । नेपालमा चीन तथा अरबी मुलुक हुँदै सुन तस्करी हुन्छ । तस्करी भएका कतिपय सुन भारतसम्म पुग्ने गर्दछ भने भारतबाट पनि नेपालमा तस्करी हुन्छ ।

नेपालमा सबैभन्दा बढी सुन दुबईबाट आउँछ । दुबईबाट अवैध रुपमा सुन नेपाल ल्याएर बिक्री गर्दा एक किलोमा झण्डै साढे चार लाख रुपैयाँ नाफा हुन्छ । त्यसैले दुबईमा रहेका नेपालीहरुले हुण्डीमार्फत पठाएको रकमले सुन किनेर नेपाल पठाउने गर्दछन् ।

यसरी अवैध रुपमा नेपाल भित्र्याएर सुन व्यापारीहरुसँग सेटिङमा बिक्री गर्ने गरेका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दुबईमा रहेका तस्करहरुले विदामा नेपाल फर्कन लागकाहरुलाई प्रलोभनमा पारेर सुन नेपाल पठाउने गर्छन् । सुन किन्न नसक्ने कामदार नेपालीलाई कोटा अनुसारको सुन बोकाई पठाउने र नेपालमा आफ्नो एजेन्टलाई सुन जिम्मा लगाई निश्चित रकम लिने गरेको पाइन्छ ।

सुन कारोबारमा संलग्न तस्करहरूले सुनको सिक्रीदेखि औंठीसमेत बनाएर लगाइदिने, सुन बोकाएर पठाएको व्यक्ति र उसको जहाजको फोटो खिचेर तुरुन्त नेपालका एजेन्टलाई पठाउने गर्छन् ।

काठमाडौं विमानस्थलको आगमन क्षेत्रमा बसिरहेका ती एजेन्टले सुन ल्याउने व्यक्ति आउने बित्तिकै सामान लिने र ५० ग्राम सुन ल्याइदिए वापत ५ हजार रूपैयाँ लिने गर्छन् ।

तर, ठूलो परिमाणमा आउने सुन भने सबैतिरको सेटिङमा आउँछ । यसमा कुन कुन तह र अंगको संलग्नता छ भन्ने त छरपस्ट भैसकेको छ र

सुन तस्करीमा सम्लग्न पूर्व डिआईजी निरौला विरुद्ध मुद्दा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More