न्यायालय र आफुविरुद्ध अफवाह फैल्याउने काम भयो: प्रधानन्यायाधीश पराजुली

12 January, 2018 22:28 | जन सरोकार | comments | 135150 Views

प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपालिका र आफ्नो विषयमा अफवाह फैलाउने प्रयत्न भएको प्रतिक्रिया दिएका छन् ।

रुकुम पश्चिमको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले डा गोविन्द केसीलाई अवहेलना मुद्दा चलेपछि चौतर्फी दबाब र विरोध भएको सन्दर्भमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।

adsads

अनसनरत डा केसीलाई अदालतको अवहेलना मुद्दा लागेपछि पराजुली विवादमा तानिएका हुन् । अवहेलना मुद्दामा पराजुलीकै शैक्षिक प्रमाणपत्र र नागरिकता विवादमा आएको समयमा उनले सार्वजनिक मञ्चमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

पराजुलीले वास्तविकता बाहिर आएपछि सबै कुराको समाधान हुने भन्दै न्याय र न्यायिक प्रक्रियाबाट अदालत विचलित नहुने बताए ।

प्रधानन्यायाधीश पराजुली शुक्रबार बिहानै सर्वोच्च अदालको पेसी तोकेर रुकुमकोट तिर गएका थिए । जिल्ला अदालतको उद्घाटन सकेर उनी काठमाडौं फर्किसकेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More