न्यु डायमण्डको अपराजित यात्रा कायमै

23 January, 2018 22:14 | खेल | comments | 82050 Views

शिवम् न्यु डायमण्ड एकेडेमीले रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

न्यु डायमण्डले पुलिसलाई पहिलो र दोश्रो सेट २५–१७ र २५–१५ ले हराएको थियो । तरतेस्रो सेट भने पुलिसले ३१–२९ ले जितेको थियो । चौथो सेटमा भने न्यु डायमण्डले पुलिसलाई २५–१७ को स्कोरमा हराउदै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको हो । ६ खेलबाट शतप्रतिशत जित हात पारेको न्यु डायमण्डको १८ अंक भएको छ ।

मंगलबार नै भएको अर्को खेलमा पश्चिमाञ्चलको टप्स उच्च माविले मघौली स्पोर्ट्स क्लबलाई २५–८, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित गर्न सफल भयो । त्यस्तै पूर्वाञ्चल क्षेत्रीय भलिबल संघ र श्रीगाउँले पनि जित निकालेका छन् । पूर्वाञ्चल क्षेत्रीय भलिबल संघले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई २७–२५, २५–२२, १८–२५, २१–२५ र १५–५ को सेटमा हराएको हो । त्यस्तै, श्रीगाउीले पारामाउण्ट हाईस्कुललाई २५–१२, २५–१७ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्याराग्लाइडिङ

फेसबुक

प्याराग्लाइडिङ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!