न्यूनतम पारिश्रमिक कार्यान्वयनमा सक्रियता चाहियो – सञ्चार मन्त्री

13 August, 2017 10:07 | राजनीति | comments | 25500 Views

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, उपत्यका समन्वय समितिले आयोजना गरेको प्रेस युनियन उपत्यकास्तरीय भेलाको उद्घाटन गर्दै मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सबै सञ्चार माध्यमले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले न्यूनतम पारिश्रमिक लागू गराउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवाला पत्रकार तथा पत्रकारका संघ, संगठन र सञ्चारगृहको अग्रसरता चाहिने बताउनुभयो ।

पत्रकार धर्मेन्द्र झाले सरोकारवाला निकायको चासो नभएका कारण न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसकेको बताउनुभयो ।युनियनले आगामी नेपाल पत्रकार महासंघको महाधिवेशनलाई लक्षित गर्दै आवश्यक रणनीति बनाउन भेला आयोजना गरेको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More