पंजावको प्ले अफमा पुग्ने सम्भावना जिवितै : मुम्बई ७ रनले पराजित

12 May, 2017 13:40 | खेल | comments | 8550 Views

पंजाव

इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत विहिबार भएको खेलमा किंग्स इलेभन पंजाव बिजयी भएको छ ।

गएराति भएको खेल मुम्बई इन्डियन्स पंजावसंग ७ रनले स्तब्ध हुन पुग्यो । मुम्बईको वान्खाड़े स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको पंजावले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै २३० रन बनायो । यो जारी संस्करणको आइपीएलको सर्वाधिक रन हो । उसको लागि रिद्धिमन शाहले ५५ बलमा ११ चौका र ३ छक्काको मद्दतले ९३ रन बनाए भने कप्तान ग्लेन म्याकस्वेलले ४७ रन जोडे ।

त्यस्तै मार्टिन गुपटिल ३६ रन बनाई आउट भए भने शन मार्शले २५ रन बनाए । मुम्बईको लागि कर्ण शर्मा,जस्प्रित बुम्राह र मिचेल म्याकलेनाघनले समान १-१ विकेट लिए । २३१ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै मात्र २२३ रन बनायो र साँघुरिलो हार चाख्न वाध्य भयो । उसको लागि लेन्डल सिम्मोन्सले ५९ रन बनाए भने किरोन पोलार्ड अविजित रहदै ५० रन बनाए । त्यस्तै पार्थिव पटेलले ३८ रनको योगदान दिए भने हार्दिक पाण्डेयले ३० रन बनाए ।

पंजावको लागि मोहित शर्माले २ विकेट लिए भने सन्दीप शर्मा, अक्सर पटेल,ग्लेन म्याकस्वेल र राहुल तेवैताको भागमा समान १-१ विकेट रह्यो । जितसंगै पंजावको प्ले अफमा पुग्ने सम्भावना बलियो भएको छ । विहिबारको खेलमा पंजावका रिद्धिमन शाह म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत शुक्रबार दिल्ली र पुने भिड्दै छन् ।

हैदराबादको प्ले अफमा पुग्ने सम्भावना बलियो :मुम्बई ७ विकेटले पराजित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More