Thursday 27, April 2017
नेपाली समय: 10:55:58
जापानी समय: 02:10:58

पत्रकार महांसघ काठमाडौं शाखाको साधारण सभा सुरु

21 April, 2017

fnj-ktm

सदस्यता वितरणका क्रममा उत्पन्न लामो विवाद, तालाबन्दीपछि पत्रकार महांसघ काठमाडौं शाखाको अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सुरु भएको उद्घाटन सत्रमा आर्थिक विवरण र वार्षिक प्रगति विवरणा पेश गरी सभाबाट पारित गरिनेछ ।

महासंघको शुक्रबार नै नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने गर्ने कार्यतालिका रहे पनि त्यो भने सम्भव भएन । ढिला गरी उदघाटन सत्र सुरु भएकाले शुक्रबार नै बन्द सत्र र निर्वाचन हुने संभावना नरहेको हो ।

पत्रकार महासंघको आगामी चुनावलाई मध्यनजर गर्दै शाखाले नयाँ नेतृत्व सहित केन्द्रीय पार्सद र प्रदेश पार्सदहरुको समेत चयन गर्ने छ । काठमाडौं महासंघको सबभन्दा ठुलो शाखाका रुपमा रहँदै आएको छ ।

मोफसलका विभिन्न जिल्ला तथा एसोसिएटेड र अन्य प्रतिष्ठानहरुमा भने शाधारण सभा सम्पन्न भइसके पनि काठमार्डौं शाखामा भने सदस्यता विवादका कारण लामो समय तालाबन्दी भएको थियो ।

महासंघको नयाँ नेतृत्वका लागि आआफ्नो पक्षकालाई सदस्य बनाउने विषयमा विवाद भएको थियो । नयाँ नेतृत्वका लागि महासंघभित्र सत्तापक्ष र प्रमुख प्रतिपक्षको प्रतिस्पर्धा स्पष्टै देखिएको छ । नेपाली कांग्रेसको प्रेस यूनियन र माओवादी केन्द्रको प्रेस सेन्टरको प्यानल एकातिर छ भने एमालेको प्रेस चौतारी एकतिर छ ।

यी दुई पक्षकै विवादले गर्दा महासंघको अधिवेशन रोकिंदैआएको थियो । राज्यको चौथो अंग पत्रकारहरु यसरी राजनीतिक आस्थाका आधारमा विभाजित भएर दलीय स्वार्थका लागि विवाद सिर्जना हुँदा पत्रकारिता समाज रुपान्तरणको ऐना मान्ने पत्रकारहरु भने निकै निराश छन् ।

पत्रकार महासङ्घ मुस्ताङमा थकाली

 

 

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo