Thursday 27, April 2017
नेपाली समय: 10:59:52
जापानी समय: 02:14:52

पत्रकार महासङ्घ मुस्ताङमा थकाली

21 April, 2017

पत्रकार महासङ्घ मुस्ताङमा थकालीनेपाल पत्रकार महासङ्घ जिल्ला शाखा मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली सर्वसम्मत अध्यक्षमा चुनिनु भएको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले थकालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्म्तले चयन गरेको हो ।

कार्यसमितिको महिला उपाध्यक्षमा सम्झना थकाली, उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा दुर्गादेवी रसाइली, कोषाध्यक्षमा निरज थकाली, सहसचिवमा विकास विक र समावेशी सहसचिवमा फुलकुमारी नेपाली रहनुभएको छ ।

सदस्यहरुमा रमेश बि.क, केशब बि.क, हिक्मत नेपाली र कृष्णमोहन नेपाली चयन हुनुभएको छ । अधिवेशनले प्रदेश सभासदमा चन्द्रेश्वर बस्ताकोटी, टिकाराम शर्मा, सिवानी सिंह बि.क, शर्मिला गुरुङ, पेमा छेतेन बि.क र रिङजीङ नाम्गेल गुरुङ चयन गरेको छ भने केन्द्रीय पार्षद्मा भीम बहादुर रसाईली, तिलक बि.क.,आईतलाल थकाली र सुनदेवी रसाईलीलाई रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले संगठन बलियो भएमात्र पत्रकारिता बलियो हुने भन्दै जुझारु, कर्मठ र क्षमतावान पत्रकारलाई अघि बढ्न संगठनले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

खुल्यो पत्रकार महासङ्घको ताला

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo