Monday 23, January 2017
नेपाली समय: 08:27:31
जापानी समय: 11:42:31

पर्यटक लोभ्याउदै गणेश हिमाल

7 January, 2017

download-58

गणेश हिमालले धादिङको पर्यटन विकासमा ठूलो सहयोग पुगेको व्यवसायीले बताएका छन् ।गणेश हिमाल पर्यटन विकास समितिको ‘पाँचाँै वार्षिक साधारण सभा तथा गणेश हिमाल स्मारिका विमोचन’ समारोहका सहभागिले धादिङको पर्यटकको मुख्य आकर्षणको केन्द्रविन्दु गणेश हिमाल र रुवी भ्याली रहेको बताएका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्राकृतिक सम्पदाले धनी देश नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन पर्यटन क्षेत्रको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले विकास गर्ने हो भने पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।”

राज्यमन्त्री बाँनियाले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा भएका प्राकृतिक स्रोतसाधनको सही रुपमा उपयोग गरेमात्र देशले विकासको गति लिने बताउनुभयो ।

धादिङ क्षेत्र नं– १ का सांसद परशुराम तामाङले पूर्वाधारको विकास गर्नसकेमात्र पर्यटनको विकास सम्भव हुने बताउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले लाङटाङ र मनास्लु हिमालको बीचमा रहेको गणेश हिमाल र रुवी भ्यालीको विकासका लागि बोर्डले गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष कुलबहादुर गुरुङ, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्र रिजाल, टानका पूर्वअध्यक्ष रमेश धमलालगायतले धादिङको पर्यटन विकासका लागि सबै व्यावसायी एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रुवी भ्याली मिडिया एम्बासडरमा पर्यटन न्यूज अभियानका सम्पादक शिव श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

सो अवसरमा रमेश धमला, ज्योति अधिकारी, राजेन्द्रप्रसाद सापकोटा, रामेश्वर सापकोटा, ठाकुरराज पाण्डे, पम्फा धमला, आशा गुरुङ, पवन सापकोटा, राजन सिङ्खडा, रुपचन्द्र गुरुङलगायतलाई पर्यटन व्यवसायी सम्मान–२०७३ बाट सम्मान गरिएको थियो ।

समितिले गणेश हिमालको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका विभिन्न सञ्चारमाध्यामका सञ्चारकर्मीलाई समेत सम्मान गरेको थियो ।

म्याग्दीमा खुल्यो ’धौलागिरि सेन्चुरी ट्रेक’

Loading...
ads ads adsadsads ads ads
ads
ads

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

logo
ads