पर्यटन पत्रकार संघमा भण्डारी निर्वाचित

11 September, 2017 10:11 | कर्पोरेट/पर्यटन | comments | 10350 Views

पर्यटन पत्रकार संघ (जाट) नेपालको अध्यक्षमा नारायण भण्डारी निर्विरोध निर्वाचित हुुनुभएको छ ।

संघको आज भएको सातौँ वार्षिक साधारण सभाले भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा शिव श्रेष्ठ, द्वितीय उपाध्यक्षमा शेखर अधिकारी, महासचिवमा हरिशरण न्यौपाने, सचिवमा कुमार चौलागाईँ र कोषाध्यक्षमा राजीव जोशी निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा अच्युत रेग्मी, किशोर बस्नेत, श्रीहरि श्रेष्ठ, सविता उप्रेती, शंकर प्रधानाङ्ग, किशोर खड्का र मोहन मैनाली निर्वाचित हुनुभएको छ । कूल १५ सदस्यीय कार्यसमिति रहने उक्त संघमा दुईजना सदस्य पछि मनोनित गरिने व्यवस्था छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले पर्यटन प्रवद्र्धन गरी देशको आर्थिक विकासका लागि आफ्नो कार्यसमितिको मुख्य लक्ष्य रहने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पर्यटन प्रवद्र्धन गर्न मिनि म्याराथन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More