Thursday 27, April 2017
नेपाली समय: 11:02:25
जापानी समय: 02:17:25

पर्यटन प्रवर्धनमा `अतिथि देवों भव:` र्यालीकाे महत्व

15 April, 2017

Anuj Thapa-अनुज थापा

संस्कृतमा एउटा भनाई छ । “अतिथि देवों भव:” अर्थात पाहुनाहरू देवता समान हुन । हामी नेपालीहरू सदैव यस भनाई अनुरूप नै गर्दै आईरहेका छौ चाहे त्यो आन्तरिक पर्यटनमा होस वा बाह्य पर्यटनमा । यसै भनाईलाई आफ्नो “मुख्य अभियान” बनाएर नेपाल भ्रमणगर्न विदेशी नागरिकहरूलाई लालायित गर्ने र प्रवासमा नेपालको पर्यटन प्रवर्दन गर्ने पवित्र उदेश्यका साथ गैरआवासीय नेपाली संघ पनि लागिपरेको छ र त्यसको नेतृत्व गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले गरिरहनु भएको छ । भट्ट गैर आवासीय नेपाली संघको नेपाल पर्यटन प्रवर्धन समितिको संयोजक पनि हुनुहुन्छ ।

विश्वभर छरिएर रहेका झन्डै पचास लाख गैरआवासीय नेपालीहरू छन। साथै सत्तरी भन्दा धेरै राष्ट्रहरूमा एनआरएनएको शाखाहरू रहेका छन। त्यहि एनआरएनएका राष्ट्रिय समितिहरू र प्रवासी नेपालीहरू मार्फत नै विश्वभरि नेपालको प्रचारप्रसार गर्नु र प्रत्यक्ष परोक्ष रूपमा नेपालको पर्यटनलाई प्रवर्धन गर्नु नै अतिथि देवों भव अभियानको प्रमुख उदेश्य रहेको छ। यसै बर्ष जुलाई महिनामा भृकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा तत्कालिन पर्यटन मन्त्रि आनन्दप्रसाद पोखरेलकाे साथै पर्यटन सचिवको उपस्थितिमा एनआरएनए उपाध्यक्ष भवन भट्ट र पर्यटन बोर्डको तर्फबाट कार्यकारी अधिकृत दिपकराज जोशीको बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार एनआरएनएले नेपाल पर्यटन बोर्ड एनटिबिसंग समन्वय र सहकार्य गरेर पर्यटन प्रवर्धनलाई ब्यापक बनाउने उल्लेख गरिएको छ।

अभियानको ‘कन्सेप्ट मेकर’ तथा एनआरएनएको तर्फबाट उपाध्यक्ष साथै पर्यटन प्रवर्धन समितिका संयोजक भवन भट्ट विशेष धन्यबादको पात्र हुनुहुन्छ ।

अतिथि देवों भव अभियानसंगै आफु रहेको प्रत्येक राष्ट्ररबाट कम्तिमा पनि एक नेपालीले बर्षको तीन जना विदेशीलाई नेपाल भ्रमण गराऔं भन्ने अभियान पनि चलिरहेको छ ।
%e0%a4%85%e0%a4%a4%e0%a4%bf%e0%a4%a5%e0%a4%bf-%e0%a4%a6%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a5%87-%e0%a4%ad%e0%a4%b5

बोर्डले यसै बर्षदेखि आफ्नो उत्तर र दक्षिणमा रहेको दुई ठुला छिमेकी राष्ट्रका पर्यटक भित्र्याउनको लागि त्यहि देशको भाषामा विज्ञापन सामाग्रिहरू तयार गरि प्रचारप्रसार तिब्र बनाउदै लगेको छ भने यसै महिना बिबिसि र ट्रिप एडभाईजरि जस्ता विश्वविख्यात टेलिभिजन र ट्राभल जर्नल माध्यामबाट विज्ञापन गर्नको लागि सम्झौता गरिसकेको छ। साथसाथै विभिन्न देशहरूमा पर्यटन अवैतानिक जनसम्पर्क प्रतिनिधिहरू नियुक्त गरि पर्यटन प्रचार प्रसार र प्रवर्धनमा लागिपरेको छ । भर्खरै यूरोपबाट नेपाल युरोप भ्रमण वर्ष घोषणागरि त्यसको कार्यान्वयनमा समेत लागिसकेका छन । यसले गर्दा निकट भविष्यमै नेपाल आगमन हुने पर्यटकको संख्या दोब्बर हुने विश्वास बोर्डले लिएको छ । विदेशमा प्रचारप्रसार गर्नु त छदै नै छ देशभित्र पनि हामीले विदेशीलाई खुशि बनाउन लागि पर्नु पर्ने तथ्यलाई मनन गर्दै भर्खरै देशका प्रमुख शहरहरूमा एनआरएनएको पहलमा, एनटिबि र विभिन्न पर्यटन सम्बन्धि निजि संघसंस्थाहरूको सहकार्यमा नमस्ते अभियानको सुरूवात भव्य रूपमा सम्पन्न गरेको थियो ।

जसको उदेश्य हामी नेपालीको पहिचान नै बनिसकेको जस्तो सुकै परिस्थितिमा पनि दुई हात जोडेर मुस्कान सहित नमस्ते गरेर पाहुनालाई स्वागत गर्नु रहेको छ । विदेशीहरू हाम्रो मातृभूमिमा पाईला टेकेदेखि फर्किने बेलासम्म जतासुकै जसलेपनि मुस्कान सहित नमस्ते गर्नेछन जसले विदेशीहरूमा नेपाल र नेपालीहरूको एउटा राम्रो र अविस्मरणीय छाप पार्नेछ र पर्यटनको आगमन बृद्दिमा टेवा पर्याउनेछ । विदेशमा पर्यटन प्रचार प्रसारको लागि एनआरएनए उपाध्यक्ष तथा नेपाल पर्यटन प्रबर्दन समिति संयोजक भवन भट्टको विशेष पहल, संयोजकत्वमा र गैर आवासीय नेपाली संघ जापानको आयोजनामा १६ अप्रिल २०१७ मा टोकियोमा एक विशेष र्यालिको आयोजना हुदैछ । बिहान ११ बजेदेखि नेपाल संम्बन्धि पोस्टर पप्लेटहरू गाडीमा टासेर एकैसाथ टोकियोको विभिन्न प्रमुख शहरहरू परिक्रमा गरेर नेपाल सम्बन्धी धेरै भन्दा धेरै जापानिजहरूलाई थाहा दिनु र्यालिको प्रमुख उदेश्य रहेको छ ।

टोकियो स्थित नेपाली दुताबासको विशेष सहयोग साथै जापानका रहेका विभिन्न संघसंस्थाहरूको साथमा आयोजना हुने उक्त र्यालिले टोकियोको अतिनै ब्यस्त मानिने सिबुया, गिन्जा, टोकियो जस्ता प्रमुख शहरहरूको परिक्रमा गर्नेछ । साथै टोकियो बाहिरपनि एक दर्जन विभिन्न प्रमुख शहरहरूमा एकसाथ यो र्यालिको आयोजना हुनेछ । यस्ता कार्यक्रमहरूको आयोजनाले कम खर्चहुने तर धेरै प्रतिफल मिल्नेछ । नेपाललाई चिनाउनको निमित्त आयोजना गर्न लागिएको यो र्यालि निकै नै सरहानिय छ । यस्तो निश्वार्थ र विशेष अर्थ बोकेको कार्यक्रममा हातेमालो गर्नु र सफल पार्नु हामीसबै प्रवासी नेपालीहरूको दार्इत्व हो । त्यसकारण पनि सम्पूर्ण जापानबासीहरूले यो अभियानलाई सहयोग गर्नुपर्छ। यो सुरूवातमात्र हो यसैगरि भोलीको दिनहरूमा पनि विभिन्न शहरहरूमा जो कोहिले यसलाई निरन्तरता दिन सकिन्छ ।

अन्तमा, यस्ता गतिबिधि र अभियानहरूले पर्यटनमा अथाह सम्भावना बोकेको हाम्रो मातृभूमि नेपाललाई प्रचारप्रसार गरि धेरै भन्दा धेरै पर्यटक भित्र्याएर देश चिनाउने मात्र नभएर त्यसले प्रत्यक्ष रूपमा रोजगारीको पनि सिर्जना हुनेछ र देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुर्याउनेछ । हेर्दा सानो जस्तो लाग्ने तर ठूलो अर्थ र महत्व बोकेका यस्ता कार्यक्रमहरूको आयोजना निरन्तर गरिराख्नु पर्दछ । यो अभियानको ‘कन्सेप्ट मेकर’ तथा एनआरएनएको तर्फबाट उपाध्यक्ष साथै पर्यटन प्रवर्धन समितिका संयोजक भवन भट्ट विशेष धन्यबादको पात्र हुनुहुन्छ । अतिथि देवों भव अभियानसंगै आफु रहेको प्रत्येक राष्ट्ररबाट कम्तिमा पनि एक नेपालीले बर्षको तीन जना विदेशीलाई नेपाल भ्रमण गराऔं भन्ने अभियान पनि चलिरहेको छ । सबैले यसलाई मनन गर्ने हो र साथ दिने हो भने नेपालको पर्यटन आगमनमा उल्लेख्य उपलब्धि हासिल हुनेछ । अब हामीहरू यस्ता अभियानहरूमा जुट्नुका साथै पर्यटनको विभिन्न विधाहरूको अध्ययन अनुसन्धान गर्दै आफु रहेको राष्ट्रर सुहाउदो र फलदायी हुने तवरले पर्यटन प्रवर्धन र प्रचार प्रसारमा लाग्नुपर्ने देखिन्छ।

अार्इतबारकाे र्यालीलार्इ विशेष रुपमा सभ्य र भव्य बनाअाै। जय एनअारएनए।

(थापा एनअारएनए जापानका महासचिव तथा जापानका लागि नेपाली पर्यटन दूत हुन।)

Loading...
ads ads ads ads ads ads ads
ads
ads
logo

ताजा समाचार

जापान

राजनीति

अर्थ

प्रबास

कला/मनोरञ्जन

विश्व समाचार

खेल

एन आर एन न्युज

ads
logo
ads
logo
logo