पर्सामा भारतीय पक्षले ५० बिघा नेपाली भूमि मिचेकोमा आपत्ति

18 January, 2018 23:35 | जन सरोकार | comments | 35100 Views

माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पर्साको छकपैयामा करिब ५० बिघा नेपाली भूमि मिचिएकामा आपत्ति जनाएको छ । क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले विज्ञप्ति निकाल्दै भारतीय पक्षले सीमा छुट्याउने खम्बा सारेर नेपाली भूमि मिचेकामा आपत्ति व्यक्त गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ को छकपैयामा करिब ५० बिघाभन्दा बढी नेपाली भूमि मिचिनु नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्र व्यवस्थित गर्न गरेको सहमति विपरीत कार्य भएको छ ।’

क्रान्तिकारीले सीमा सर्वेक्षणको काम तत्काल रोकी नेपाली पक्षका सदस्यलाई फिर्ता बोलाएर कूटनीतिक माध्यमबाट अविलम्ब समस्या समाधान गर्न माग गरेको छ ।

सीमा सारिएको उक्त क्षेत्रमा स्थलगत रुपमा अध्ययन गर्न क्रान्तिकारीले उपाध्यक्ष विजय गौतमको नेतृत्वमा आठ सदस्यीय केन्द्रीय टोली छकपैया पठाउने निर्णय गरेको छ ।

टोलीका अन्य सदस्यमा उपमहासचिव जिपी मैनाली, सचिवद्वय गजेन्द्र देव र सूर्यनारायण शाह तथा केन्द्रीय सदस्य शिवम् शाह, इस्ककुमार पासवान, जुवेर आलम र सकिना बस्नेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रचण्ड

फेसबुक

प्रचण्ड

ट्वीटर

सामाजिक सञ्जाल

More