पलाञ्चोक भगवतीसंग जोडिएको किंवदन्ती

10 February, 2017 15:40 | कर्पोरेट/पर्यटन | comments | 56400 Views

भावना पाठक – काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित पलान्चोक भगवतीको मन्दिरको महिमा नेपाल लगायत विश्वभर रहेको छ | अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।

palancjok_1

भगवती हिन्दूहरूकी आराध्यदेवी भए पनि यस मन्दिरमा वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी पूजाआजा नभई बौद्ध तान्त्रिक विधिअनुसार पूजा अर्चना गर्ने प्रचलन छ । भगवतीलाई बौद्धमार्गीहरूले पनि हिन्दूहरूले जस्तै श्रद्धाभक्तिले पूजा, अर्चना गर्दछन् । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती छ । यस मन्दिरमा रहेको मूर्ति करिब एक मिटर अग्लो र कालो चिल्लो ढुंगामा कुँदिएको छ । भगवतीको मूर्ति हेर्दा अलिकति बाङ्गिएको आकृतिमा देखिन्छ ।

राजधानी शहर काठमाडौंबाट करिब ५५ कि.मि. पूर्व काभ्रेपलाञ्चोक जिल्लामा पर्ने मन्दिरहरूमा सबैभन्दा ठूलो मन्दिर पलान्चोक भगवतीको रहेको छ ।यस मन्दिरमा दर्शनार्थ काठमाडौं लगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।

वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलान्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन् ।

काभ्रे जिल्लाको पलान्चोकमा प्रसिद्ध पलान्चोक भगवतीको मन्दिर छ यो कुरा माथि पनि उल्लेख गरिएको छ | पलान्चोक भगवती आज हामीले जति सजिलै भन्न सक्छौ यसको इतिहास उतिकै रोचक छ | भगवतीको मुर्ति र स्थापना संग अनेकौ भनाइ एवं किंवदन्ती छन् | सबै भन्दा धेरै सुनिदै आएको भगवती संग जोडिएको किंवदन्ती यस्तो छ :

palanchok2

जनमानसमा प्रचलित किंवदन्ती अनुसार, पलान्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनी हुन् । यी तीनै मूर्ति एउटै मूर्तिकारले निर्माण गरेको पनि उल्लेख पाइन्छ ।

अर्को किंवदन्ती अनुसार, सुरुमा एक जना कलाकारले पलान्चोक भगवतीको मूर्ति निर्माण गरेका थिए । तर उनले त्यस्तो मूर्ति अन्यत्र बनाउन नसकून् भनी तत्कालीन शासकले उनको दायाँ हात काटिदिएछन् । त्यसपछि उनले देब्रे हातले नक्साल भगवतीको मूर्ति बनाएछन्, तर उनको देब्रे हात पनि काटिएछ ।

कालान्तरमा उनले खुट्टाले शोभा भगवतीको मूर्ति पनि बनाएछन् । त्यसपछि उनलाई मृत्युदण्ड दिइएछ । लिच्छविराजा मान देवको समयमा देश भट्टारिका नामक महिलाले पलान्चोक भगवतीको स्थापना गराएको ऐतिहासिक प्रमाण पाइएको छ । पलान्चोक भगवतीको उत्पत्तिका बारेमा जनमानसमा प्रचलित किंवदन्ती अनुसार, एक पटक बुकोटका बासिन्दाले एक पटक भगवतीलाई सपनामा देखेछन् ।

त्यसपछि तिनीहरूले भगवतीको स्थापना गर्नका लागि कतै लैजान लाग्दा बाटामा हालको पलान्चोक भगवती भएको ठाउँमा यिनलाई एक पटक बिसाएछन् ।तर पुनः तिनलाई त्यहाँबाट उठाउन नसकेको हुनाले तिनलाई यहीं स्थापना गराएछन् । पलान्चोक भगवतीलाई पसिना आएको खण्डमा राष्ट्रमा राजनीतिक संकट राउने विस्वास गरिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

यू १६

फेसबुक

यू १६

ट्वीटर

सामाजिक सञ्जाल

More