पशुपतिनाथ मन्दिर निर्माणार्थ पशुपतिनाथ मन्दिर निर्माणार्थ

  • पशुपतिनाथ मन्दिर निर्माणार्थ
  • पशुपतिनाथ मन्दिर निर्माणार्थ

पशुपतिनाथ मन्दिर निर्माणार्थ लिस्वनमा भजन तथा सांगीतिक कार्यक्रम गरिने

1 August, 2017 10:21 | प्रबास | comments | 66450 Views

पशुपतिनाथ मन्दिर निर्माणार्थ

कमल पुन/लिस्वन – पोर्चुगलमा लामो समयदेखी बसोबास गर्दै आएका सनातन हिन्दु धर्मावलम्वी नेपाली समुदायले पशुपति मन्दिर निर्माण गर्ने उद्देश्यले राजधानी लिस्वनमा भजन तथा सांगीतिक कार्यक्रम गरिने भएको छ।

धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक तबरले आफ्नो माटोबाट अलगिएको महशुस गर्दै प्रवासमा आफ्नो धर्म, संस्कृति र सनातन परम्पराको जगेर्ना गरि सम्पूर्ण नेपालीहरुलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक माध्यमबाट विश्व शान्ति, भातृत्व, भाईचारा र सद्भाव कायम गर्दै विश्वभरी सनातन धर्मको महत्वलाई फैलाउन उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक तथा कार्यक्रमका प्रमुख भजन गायक शम्भु सिलवालले बताएका छन्।

आगामी १४ अगस्त २०१७ , सोमबारको दिन पोर्चुगलको लिस्बन सान्तोसमा मन्दिर शुभारम्भ, श्रीकृष्ण जन्मोत्सव तथा भजन सन्ध्या कार्यक्रमको आयोजना गरिएको छ।कार्यक्रम अनुसार बिहान १० बजे मन्दिर पूजा शुभारम्भ, दिउँसो ३ बजे आध्यात्मिक प्रवचन कार्यक्रम र ४ बजे देखि भब्य भजन किर्तन तथा श्रीकृष्ण जन्मोत्सव हुने बताइएको छ ।

श्रावणको अन्तिम सोमबार परेकोले सोही अवसरमा शिव पूजन तथा ब्रर्त समाप्ति पूजापनि आयोजना गरिएको छ। कार्यक्रमको प्रवेश शुल्क नि:शुल्क गरिएको उक्त कार्यक्रममा उपस्थित भई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न समस्त नेपाली जनसमुदायमा आयोजकले हार्दिक अपिल समेत गरेको छ।

पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

प्रम कार्यालय

फेसबुक

प्रम कार्यालय

ट्वीटर

सामाजिक सञ्जाल

More