पसलेद्वारा फोन चार्ज गर्न आएकी महिलाको बलात्कार

11 November, 2017 16:59 | विश्व समाचार | comments | 63750 Views

पसलमा फोन चार्ज गर्न आएकी एक महिलालाई कुटपीट तथा बलात्कार गरेको आरोपमा एक पसलेलाई जेल चलान गरिएको छ । आफ्नो साथीलाई भेट्न जाने क्रममा फोनको चार्ज सकिएको थाहा पाएपछि पिडित ४० वर्षिय महिला पसलमा गएकी थिइन र त्यसैबेला स्वप्नील कुलत नामक पसले आक्रामक भएका थिए ।

अबेर राति पसलमा पसेका २ जना महिलालाई ३० वर्षिय पसलेले स्टोर बन्द गरेर बन्धक बनाएका थिए । उनले एक महिलाले औठी दिएपछि जान दिएका थिए भने पिडित महिलालाई चक्कु देखाएर मार्ने धम्की दिँदै स्टोर रुममा लगेर लठ्ठी पिट्दै ओरल सेक्सको लागि बाध्य पारेका थिए ।
रातभर बन्धक बनाइएकी महिलालाई बिहान छोडिएपछि उनलाई साथीले अस्पताल पुर्याएका थिए । डाक्टरहरुले उनलाई अनुहार , हात र खुट्टा वरपरका ३७ भागमा निर्मम ढंगले प्रहार गरिएको बताएका छन् ।

प्रहरीले विथिन्टनको जि एण्ड टी पसलको तलासी गर्दा पिडितको रगतले पोतिएको लठ्ठी बरामद गरेका छन् । अपराधी पूर्व इन्जिनियरिङका विद्यार्थी कुलतले स्टोरबाट १५ सय युरो हराएको थाहा पाएपछि आफुले आवेशमा आएर यस्तो गरेको प्रहरीसामु बयान दिएका छन् । स्टोरमा आएकी साम नाम गरेकी महिला भने सम्पर्कमा आएकी छैनन् ।

उनले अपराध स्वीकार गरेपछि ७ वर्ष ८ महिनाको जेल सजायपछि उनको घर भारतको नागपुर फिर्ता पठाउन विथिज्टनको म्यानचेस्टर क्राउन कोर्टले आदेश दिएको छ ।

वडाध्यक्षका छोराले गरे बलात्कार: प्रहरीले देखाएन चासो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खुकुरी

फेसबुक

खुकुरी

ट्वीटर

सामाजिक सञ्जाल

More