पहिरो पहिरो

  • पहिरो
  • पहिरो

पहिरोमा परी सातको मृत्यु : गाउँ–टोल डुबानमा

13 August, 2017 19:39 | जन सरोकार | comments | 8100 Views

पहिरो

तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु भएको ।

बकैया गाउँपालिका वडा नं १० अम्बासबेंसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीयवासी बुद्ध लामाले जानकारी दिनुभयो । पहिरामा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय छोरा पाल्मो र दुईवर्षीय छोरा विकास छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरको उत्तरी क्षेत्रमा पालुङ क्षेत्रको बाटो मात्र सञ्चालनमा छ । हेटौँडाबाट काठमाडौँ जानका लागि सोबाहेक अन्य मार्ग उत्तरी क्षेत्रमा खुला छैन । सिस्नेरी, ज्यामिरे तथा फाखेलको बाटो अवरुद्ध छ चुरेमा पनि बाटो बन्द छ । प्रहरीका अनुसार भीमफेदी गाउँपालिकाको बागझोरामा आएको बाढीका कारण एकतर्फी मात्र बाटो सञ्चालन गरिएको छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं ११ थानाभञ्ज्याङमा आज बिहान ४ः०० बजेतिर बाघथलीमा खसेको पहिराका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पहिराका कारण सवारी आवागमन अवरुद्ध भए पनि अहिले बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी मनहरी गाउँपालिका–५ वसन्तपुर र दिल्लीपुरमा अविरल वर्षाका कारण राप्ती नदीमा बाढी आएसँगै यहाँका बस्ती डुबानको खतरामा परेका छन् । अहिले गाउँमा विद्युत् अवरुद्ध छ ।

खोला किनारमा स्ल्याब गरिएका र बाँधिएका बाँध राप्ती नदीले बगाउँदै लगेको छ । राप्ती नदी किनारमा अवस्थित राई बस्ती, दमार र नयाँगाउँ बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । गाउँमा स्थानीयवासीले पालेको दुई हजार कुखुरा मरेको खबर छ ।

मनहरी गाउँपालिकाका हाँडीखोला, रमौली प्रतापपुरलगायत गाउँ डुबानमा परेको छ । बाढीका कारण रजैयादेखि आल्दमारसम्म जाने करिब छ किमी बाटो बगाएको हो । त्यस्तै मनहरी – ४ मसिनेमा हरि विष्टले पोखरी बनाई पालेको पाँच लाख बराबरको माछा पोखरीसहित बाढीले बगाएको छ ।

पहाडी क्षेत्रसँगै हेटौँडा उपमहानगरपालिकाका केही वडा पनि डुबानमा परेको छ । हेटौँडा–४ गर्दोइ र कर्रा, हेटौँडा– ५ पिप्ले र हेटौँडा– ६ चौगडामा कर्रा खोला पसेर डुबानमा परेको छ । राप्ती खोलाले हेटौँडा–११ का केही बस्ती जोखिममा पारेको प्रहरीको भनाइ छ । (अञ्जली थापा) रासस

बाढी-पहिरो संकट: मृत्यु हुनेको संख्या ४९ पुग्यो,उद्धार र राहतमा तीब्रता

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

फेसबुक

नेपालगञ्जको हुस्सुले पश्चिममा हवाई उडान प्रभावित

ट्वीटर

सामाजिक सञ्जाल

More