पहिलो चरणमा मतदान भएका जिल्लाको मतगणना सुरु

7 December, 2017 21:26 | राजनीति | comments | 9600 Views

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान भएको ३२ जिल्लाको मतगणना सुरु भएको छ ।
बिहीबार साँझ ५ बजेदेखि अधिकांश जिल्लाको मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनको मतदान सकिएलगत्तै पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको मतगणना सुरु भएको हो । सिन्धुपाल्चोक, हुम्ला, ताप्लेजुङ,पाँचथर, बैतडी, मनाङ, मुस्ताङ, बाजुरा लगायतका जिल्लामा मतगणना सुरु भएको छ।
आयोगले मतगणनाका लागि मतपेटिका तयारी अवस्थामा राखेको थियो। मंसिर १० गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

फेसबुक

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

ट्वीटर

सामाजिक सञ्जाल

More