पहिलो नायिका भुवन चन्दको कलायात्रा र जीवन संघर्ष (भिडियोमा)

22 February, 2018 19:59 | अन्तरवार्ता | comments | 140850 Views

नेपाली चलचित्रकी पहिलो नायिका हुन् भुवन चन्द । विसं २००६ साल असार १ गते काठमाण्डौको धोवीचौरमा भुवनको बाबु उस्ताद भैरव बहादुर थापा र आमा गुजेश्वरी थापाको एकल सन्तानका रुपमा जन्म भयो चन्दको ।

adsads

उनको कलायात्राको सुरुवात कलिल्र उमेरबाट भयो । २०१० सालमा ४-५ बर्षको उमेरबाटै रंगमन्चमा प्रवेश गरेकी चन्द बाबु गायक भैरव बहादुर थापाले बालकृष्ण समको नाटकमा छोरीको भूमिका गर्ने कलाकार खोज्ने क्रममा भुवनलाई रंगमन्च प्रवेश गराएका थिए ।

रंगमञ्चबाट कलायात्रा सुरु गरिरहँदा २०२१ सालमा बनेको पहिलो चलचित्र ‘आमा’मा आफू नायिका बनेको छु भन्ने कुरा उनले बाबुको साथी गायक शिवशंकर मानन्धरसँग गीतको लागि अभिनय गर्दा मात्रै थाहा पाइन् ।

चलचित्र आमा २०२२ सालमा प्रदर्शनमा आयो । जतिखेर भुवन नेपालमा थिइनन् उनी चीन गएकी थिइन् । नेपाल फर्कनेक्रममा राजा महेन्द्रले भारतीय नायिका भन्दा भुवन कम छैनन् भनेपछि आफू ठूलै भएछु भन्ने लाग्यो रे उनलाई ।

उनको विवाह  २०३३ सालमा पत्रकार माइकल चन्दसँग लगभग एक बर्षको प्रेम सम्बन्ध पश्चात भयो । उनको विवाह भएको भोलीपल्ट माइकल जर्मन उडे भने उनी मस्को आफ् आफ्नो कामको लागि । अहिले चरित्र अभिनेतीका रुपमा स्थापित चन्दलाई थुप्रै अफर आएपनि बर्षमा मनपरेको एक दुई ओटामा मात्र अभिनय गरिरहेको बताउँछिन् ।

भुवन हाल आस्था कला केन्द्र मार्फत केही व्यक्तिहरुसँग मिलेर चलचित्र निर्माण गर्ने जमर्कोमा पनि छिन् ।सरकारले कलाकारहरुलाई उचित सम्मान दिन नसकेको गुनासो गर्ने चन्द कलाकारलाई जिउदैमा सम्मान गर्नुपर्ने बताउँछिन् ।

उनको अन्य जानकारीका लागि यो भिडियो

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More